संशोधन प्रस्तावबारे छलफल गर्न सर्वोच्चले प्रधानमन्त्री र सभामुखलाई बोलायो
काठमाडौं: संधिवान संशोधनको विरुद्धमा परेको रिट निवेदनमा अन्तरिम आदेश दिने वा नदिने भन्ने विषयमा आगामी पुस ५ गते छलफल हुने भएको छ ।
सर्वोच्चमा बिहीबार भएको पहिलो सुनुवाइपछि त्यसको छलफलका लागि पुस ५ को समय तोकिएको हो ।
न्यायाधीश जगदीशप्रसाद शर्माको एकल इजलासले रिटमा विपक्षीका रुपमा दर्ता भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख ओनसरी घर्तीलाई पनि छलफलका लागि बोलाएको छ ।
पूर्वसांसद मञ्चले संविधान संशोधनको प्रस्ताव विरुद्ध अन्तरिम आदेश जारी गर्न माग गर्दैै रिट निवेदन दायर गरेको थियो ।
प्रतिक्रिया दिनुहोस !
७