संशोधन प्रस्तावले सरकार संकटमा: मन्त्री शाही

संशोधन प्रस्तावले सरकार संकटमा: मन्त्री शाही

पोखरा: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले सरकार सङ्कटमा परेको बताएका छन्।

नेपाली काँग्रेस कास्कीले बिहीबार बिहान गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले संशोधन प्रस्तावको विषयले समस्या परेको बताएका हुन्। 'संशोधनले कमसेकम एउटा पक्ष खुसी बन्नु पथ्र्यो', उनले भने,'संशोधनबाट आन्दोलनरत पक्ष पनि सन्तुष्ट छैनन्, सत्तारुढ दलकै कार्यकर्ता पनि असन्तुष्ट छन्।'

प्रदेश नम्बर ५ मा देखिएको समस्यालाई सुधार हुनेसम्म सुधार गरी लैजानुपर्नेमा उनको जोड थियो।
नेपाली काँग्रेसले समयसापेक्ष नेपाली जनताको भावनालाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने बताउँदै उनले पार्टीले गरेका राम्रा काम पनि प्रचार हुन नसकेको उल्लेख गरे।

पोखरा विमानस्थलको निर्माण प्रक्रिया केही प्राविधिक कारणबाट ढिलो भए पनि काम अघि बढ्ने उनले बताए। नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले काँग्रेस सरकारमा रहेको वर्तमान अवस्थामा जनतामुखी कार्यक्रमका साथ अघि बढ्नु आवश्यक भएको विचार व्यक्त गरे।

कार्यक्रममा सांसदद्वय यज्ञबहादुर थापा, शारदा पौडेललगायत पार्टीका नेता तथा कार्यकर्ता सहभागी थिए। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.