प्रचण्डलाई ओलीको प्रश्नः भारत जाँदा किन नेपाली पोसाक नलगाएको ?

प्रचण्डलाई ओलीको प्रश्नः भारत जाँदा किन नेपाली पोसाक नलगाएको ?

काठमाडौं: एमाले अध्यक्ष एवम् प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारत जाँदा किन नेपाली पोसाक नलगाएको भन्दै प्रश्न गरेका छन् ।

एमाले केन्द्रीय कार्यालयमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले प्रचण्ड नेतृत्वको वर्तमान सरकार नक्कली पहिचानको नारामा हराएको आरोप लगाउदै भने, ‘पहिचानको वकालत गर्ने प्रधानमन्त्री दाहाल भारत जाँदा आफै नेपाली पोसाक किन लगाउनुभएन ?’

ओलीले नक्कली पहिचानको कुरा गरेर अहिले नेपाली जनतालाई अगाडि बढ्न र देशलाई समृद्धि बनाउन नदिने छलकपट भइरहेको बताए ।

अघिल्लो सरकारले बनाएको निर्वाचनसम्बन्धी ऐन, कानुनलाईसमेत सरकारले बेवास्ता गरेको उनको आरोप छ ।

ओलीले निर्वाचनको मिति तत्काल घोषणा गर्न सरकारसँग माग समेत गरेका छन् । उनले भने, ‘मुलुकको सङ्क्रमणकाल टुग्याउन सरकारले तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्दछ ।’

अध्यक्ष ओलीले निर्वाचन गरेर सङ्घीय संसद्, प्रादेशिक संरचना र स्थानीय सरकार गठन भएपछि मात्र सङ्क्रमणकाल टुङ्गिन्छ भन्दै अहिले सरकारको प्राथमिकता संविधान संशोधन गर्नुभन्दा देशको सङ्क्रमणकाल टुङ्ग्याउने पर्ने बताए । उनले भने, ‘तर, सरकारले जे गर्नुपर्ने हो त्यो गरेको छैन, जे नगर्नुपर्ने हो त्यो गरेको छ ।’

सीमाङ्कनको संशोधन अहिलेको व्यवस्थापिका–संसद्ले गर्न नमिल्ने बताउँदै उनले अरुको स्वार्थका लागि सरकारले निर्वाचन गराउनतर्फ नलागेको आरोप लगाए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले प्रदेश नं ५ का सांसद र जनताले पहाड र तराईलाई अलग गर्न हुँदैन भनिरहेको बेला सरकारले अरुको कुरा बोकेर संविधान संशोधन प्रस्ताव दर्ता गराएको आरोप लगाए । ‘प्रस्ताव दर्ता गर्ने दलका सांसदलेसमेत पहाड र तराई टुक्रिने हो भने यसको विपक्षमा मत हाल्ने भनिरहेका छन् ,’ ओलीले भने ।

कार्यक्रममा सङघीय समाजवादी फोरमका पाँच केन्द्रीय सदस्यसहित ९२ जनालाई अध्यक्ष ओलीले टीका लगाई स्वागत पार्टीमा स्वागत गरेका छन् ।

एमालेमा प्रवेश गर्नेहरुमा फोरमका वीरेन्द्रबहादुर बोगटी, टोपबहादुर ओली, प्रकाश अधिकारी, ओमकृष्ण प्रसाईं, राजेन्द्रप्रसाद खनाललगायतका छन् । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.