सिरियाली सैनिकद्वारा अलेप्पो सहर कब्जामा

सिरियाली सैनिकद्वारा अलेप्पो सहर कब्जामा

बेरुतः सिरियाली सरकारी बलले अलेप्पोको ऐतिहासिक सहर सबै निन्यत्रणमा लिएको छ । सैनिकद्वारा रातभर जारी कारबाहीको सामना गर्न गाह्रो भएपछि विद्रोही लडाकुहरू पछि हटेको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले बुधबार दिएको छ ।

सन् २०१२ बाट सिरियाली विद्रोही कब्जामा लिएको पूर्वी अलेप्पो सहरको ७५ प्रतिशतभन्दा बढी भूभाग सिरियाली सुरक्षाबल र संयुक्त गठबन्धनले कब्जा लिइसकेका थिए । तर तीन सातादेखि जारी कारबाहीका सरकारी बलले सिरियाको दोस्रो ठूलो सहर अलेप्पो पूरै नियन्त्रणमा लिएको छ ।

गत राति सेनाद्वारा अलेप्पोको छिमेकमा पर्ने बब अल हादिद र आक्युल जिल्ला कब्जामा लिएपछि विद्रोहीको कब्जामा रहेको पुरानो सहरको अन्तिम भागबाट उनीहरू हटेको अब्जरभेटरीले जानकारी दिएको छ ।

हाल सरकारी बलद्वारा अलेप्पोको पूर्वी भाग र सहरको ऐतिहासिक गढ मानिने सबै इलाका र मर्जेहको छिमेकमा पर्ने क्षेत्रसमेत कब्जामा लिइएको जनाइएको छ । सरकारी सेनाले अल जाबदियाको छिमेकमा पर्ने इलाका र दक्षिणपूर्वी क्षेत्रमा अझै पनि विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्रमा भारी गोलाबारी गरेको अब्जरभेटरीले जानकारी दिएको छ ।

पूर्वी अलेप्पो सहरमा सरकारी सुरक्षाबलद्वारा गरिएको गोली प्रहारमा परी एक बालकसहित कम्तीमा १५ व्यक्तिको मृत्यु भएको थियो । सिरियामा सन् २०११ को मार्च महिनाबाट सिरियाली राष्ट्रपति बसर अल असदको राजीनामा माग गर्दै सुरु भएको आन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो ।

यस गृहयुद्धमा इस्लामिक स्टेट र अल कायदाजस्ता आतंककारी समूह पनि हाबी हुँदै गए । यस युद्धमा परी सन् २०११ देखि हालसम्म तीन लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको र दशौं लाख व्यक्ति घाइते भएका छन् ।

त्यसैगरी देशभित्र र छिमेकी देशमा लाखौं व्यक्ति शरणार्थी जीवन बिताउन बाध्य भएका छन् ।

आक्रमणमा दर्जनौं इराकी मारिए

बगदादः इराकी संसद्का सभामुखले सिरियाको सीमा क्षेत्रमा अवस्थित इराकी सहर काइममा सरकारी सुरक्षाकर्मीद्वारा गरिएको हवाई आक्रमणमा ‘दर्जनौं’ सर्वसाधारणको मृत्यु तथा केही घाइते भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

सभामुख सलिम अल जाबुरीले एक विज्ञप्ति जारी गर्दै निरस्त्र नागरिकमाथि सरकारी सुरक्षाकर्मीले हवाई आक्रमण गर्दा निर्दोष नागरिकको मृत्यु भएको भन्दै घटनाको अनुसन्धान गरी दोषीउपर कारबाही गर्न सरकारसँग माग गरेका छन् । यसैबीच सरकारले युद्धकविमानले इस्लामिक स्टेट (आइएस) लडाकुलाई लक्षित गरी काइममा रहेका दुई घरमा आक्रमण गरेको स्वीकार गर्दै उक्त घटनामा सर्वसाधारण नपरेको दाबी गरेको छ ।

अमेरिकी नेतृत्वको गठबन्धन सेनाका प्रवक्ता कर्नेल जोन डोरियनले भने उक्त समयमा आफ्नो गठबन्धनले सभामुखले बताएको क्षेत्रमा हवाई आक्रमण नगरेको दाबी गरे । रासस/एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.