रुचाइएकी बुहारी मोडल

रुचाइएकी बुहारी मोडल

लोकदोहोरी गीतका भिडियोमा कुनै उतारचढाव बिना १० वर्षदेखि आफ्नै रफ्तार कायम गरेकी अभिनेत्री हुन्, रञ्जिता गुरुङ । पढाइको सिलसिलामा काठमाडौं आएपछि उनी गोंगबुस्थित गोर्खा कला केन्द्रमा नृत्य सिक्न थालिन् ।

कुनै टप मोडल बनुँला वा अभिनेत्री बनुँला भन्ने सोचले नभई खाली समयको सदुपयोग गर्न उनले नृत्य सिकेकी थिइन् । गोरखाको थालाजुङमा हुर्केकी रञ्जिताको सपना र पहुँचभन्दा पर थियो चलचित्र जगत । ‘यो ठाउँको कल्पना मेरा लागि टाढाको कुरा थियो’, उनले भनिन् ।

शंकर बीसीको निर्देशनमा ‘घामछाया’ बोलको लोकदोहोरी गीतमा पहिलो पटक मोडलिङ गरिन् । त्यतिबेला उनले भन्दा अरूले उनमा विश्वास गरे । भनिन्, ‘सुरुमा एकदम होपलेस भएँ, नर्भस थिएँ तर दाइहरूले राम्रोसँग सिकाउनुभयो ।’ अहिले आधुनिक र लोकदोहोरीको म्युजिक भिडियोमा उनलाई भ्याइनभ्याइ छ । करियर सुरु भएको केही वर्षमै उनले विवाह गरिन् ।

श्रीमान् बेलायतमा थिए । कहिलेकाहीँ उतै गएर पनि बस्थिन् । तर उनलाई आफ्नै कामको मोहले डोर्यायो । अहिले श्रीमान् अमेरिकामा छन् । उनी यहाँ संयुक्त परिवारमा बसेर आफ्नो कामलाई निरन्तरता दिइरहेकी छन् । मोडलिङलाई राम्रो व्यवसाय नमान्ने नेपाली समाजमा विवाहित महिलाले त्यो पनि संयुक्त परिवारमा बसेर करियर अघि बढाउने रन्जिता एक उदाहरण हुन् ।

पहिले श्रीमान्ले कहिलेकाहीँ आपत्ति जनाए पनि अहिले साथ दिइरहेका छन् । श्रीमान्भन्दा बढी साथ दिए उनका सासूससुराले । कहिलेकाहीँ श्रीमान्ले आपत्ति जनाउँदा पनि सासूससुराले छोरालाई सम्झाउँथे । कामलाई निरन्तरता दिन रञ्जिताको परिवारले नै उनलाई हौस्याइरह्यो । त्यहि हौसलाका कारण उनले हजारभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन् ।

गोर्खा पल्टन, दसगजा, वडा नम्बर ६ लगायतका चलचित्रमा अभिनय गरेकी उनी चारवर्षे छोरीकी आमा हुन् । रञ्जिताले आफूलाई सधैं फिट राखेकी छन् । आफू सुहाउँदो भूमिका आउँदासम्म अभिनय गरिरहने उनको सोच छ । म्युजिक भिडियोबाटै आफूलाई स्थापित गरेकी रञ्जितालाई चलचित्रमा गरिने ‘टिम वर्क’ मन पर्छ । तर छोटो समयमा काम गर्न सकिने र राम्रो आम्दानी हुने भएकाले म्युजिक भिडियोमै रमाइलो लाग्छ ।

आफूले गरेको काममा आधुनिकतर्फ ‘मलाई बाँसुरीले रुवायो’ बोलको गीतको म्युजिक भिडियो र लोकदोहोरीतर्फ ‘सारी बम्बैको’ बोलको गीतको म्युजिक भिडियोबाट बढी सन्तुष्टि मिलेको छ । रञ्जिता ‘टिपिकल’ नेपाली गीतका म्युजिक भिडियोमा काम गर्न रुचाउँछिन् ।

अहिले लोकदोहोरीतिर पनि ‘प्याटर्न’ फेरिएको छ । एक हजार बढी म्युजिक भिडियोमा मोड्लिङ गरे पनि रञ्जिताको ‘टिपिकल’ नेपाली गीतमा काम गर्ने धोको अझै पूरा भएको छैन । गीत सुनेर छानीछानी मोडलिङ गर्ने उनको आफ्नै ‘रेट’ छ ।

त्योभन्दा कम रकममा काम गर्दिनन् । परिवारको साथमा रहेर करियरलाई निरन्तरता दिन चाहने रञ्जिताले आफूलाई व्यावसायिक कलाकारको रूपमा स्थापित गर्न सफल भएकी छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.