अपडेटः तीर्थयात्री सवार बस दुर्घटना, ३ को मृत्यु, १० घाइते

अपडेटः तीर्थयात्री सवार बस दुर्घटना, ३ को मृत्यु, १० घाइते

गाईघाटः सिद्धिचरण लोकमार्गअन्र्तगत उदयपुरको कटारी–घुर्मी सडक खण्डको लेखानी गाबिस ६ चनौटे (भदौरे)मा शुक्रबार विहान भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा तीन जना यात्रुको घटना स्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा अन्य १० जना गम्भिर घाईते भएका छन् ।

मृत्यु हुनेहरुमा सप्तरी मघुपट्टी ६ की ३३ वर्षकी कुसुमदेवी राम र ६० वर्षकी सरस्वतीदेवी राम छन् । अर्की एक महिलाको नाम खुलेको छैन् । तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो । पुर्वको पशुपतिनाथ भनेर चिनिने धार्मिक स्थल खोटाङको हलेसी मन्दिर पुगेर घर सप्तरीतर्फ फर्कदै गरेको ना.४.ख. ३६२० नम्वरको रिर्जव यात्रुबाहक बस दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी चिरन्जिवी कोईरालाले बताए ।

४२ जना यात्रु बोकेर फर्कदै गरेको बस सडकबाट २५ मिटर तल भीरमा खसेको डिएसपी कोईरालाले बताए । दुर्घटना स्थल विकट पहाडी क्षेत्रमा पर्ने भएकाले उद्धार कार्यमा असहज भएको उनको भनाई छ । घटनास्थलमा कटारीबाट एम्बुलेन्स सहित सशस्त्र र नेपाल प्रहरी लगायतको टोली पुगेको छ ।

दुर्घटना स्थल उदयपुरको पश्चिमी क्षेत्र कटारीबाट ३४ किलोमिटर माथि पहाडी भेगमा पर्दछ । यात्रुबाहाक बसको ब्रेकको नट खुस्की दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

 

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.