अम्माको अधुरो सपना 

अम्माको अधुरो सपना 

सन् १९९९ जनवरी २१ मा एनडी टीभीमा प्रसारित जयललिताको विचारले धेरैलाई अचम्ममा पार्यो । आफ्नो सपना र चाहनाको कुरा गर्दै उनले ‘अबको मेरो सपना आफूले चाहेअनुसार जिन्दगी बिताउने हो ।

जहाँ मान्छेलाई भेट्न नपरोस् । टेलिफोन कल सुन्न नपरोस्, भाषण दिन नपरोस् । किताब, गीतसंगीत र मैले पालेको जनावरसँग खुसी रहन सकुँ । दुनियाँको पागलपनबाट टाढा बस्न सकुँ । मलाइँ खेती मनपर्छ’ भनेकी थिइनँ ।

त्यसबेला उनले जस्तो विचार प्रवाह गरे पनि त्योअनुसार उनको जीवन चल्न सकेन । मान्छेको भीड, टेलिफोन कल, भाषणबाट उनी अलग हुन सकिनन् । किताब, गीतसंगीत, उनले पालेका जनावरसँगमात्रै उनी सीमित रहन पाइनन् ।

चाहे चलचित्र क्षेत्रमा हुँदा होस् वा राजनीति । आमाको कारण चलचित्र क्षेत्रमा आएकी जयललिताको चाहना थियो वकिल बन्ने । आमा थिएटर एक्टर भएकाले उनी १५ वर्षकै उमेरमा अभिनयमा लागिन् । सन् १९६० देखि १९९२ सम्म बलिउडमा राज गरिन् । जयललिता अभिनीत पहिलो चलचित्र ‘भेन्निरा आदाइ’ हिट भएपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन ।

चलचित्रमा पाएको सफलताले अध्ययनलाई अगाडि बढाउन नसकेकाले उनको वकिल बन्ने सपना अधुरो हुन पुग्यो । आफ्नो पालामा उनी सफल र चर्चित रहिन् । सन् १९७३ मा एकसाथ तीनवटा फिल्मफेयर अवार्ड हात पारिन् ।

एक सय ४० को हाराहारी चलचित्रमा अभिनय गरेकी उनका अधिकांश चलचित्र हिट थिए । विभिन्न शास्त्रीय नृत्य, कत्थक, भरतनाट्यम, मोहिनी नाट्यम, मनिपुरी नाचदेखि शास्त्रीय संगीत, पश्चिमा शास्त्रीय पियानोमा समेत पोख्त भएकाले हरेक प्रकारका भूमिकामा उनी जमिन् । आफ्नो समयमा धेरै कमाइ गर्ने नायिकामा दरिएकी थिइन् उनी ।

स्कुलमा मेधावी छात्राको रूपमा चिनिएकी उनी कक्षा १० मा तमिलनाडु राज्यको उत्कृष्ट छात्रा बन्न सफल भइन् । जयललिताको नाम सर्वाधिक खोजीको नाम बनेको थियो त्यतिबेला । तमिल, तेलुगु, कन्नाडा भाषी चलचित्रमा ख्याति कमाएकी उनले बलिउडमा पनि काम गरिन् ।

अभिनयमा सफलताको स्वाद चाखिरहेकै बेला एमजी रामचन्द्रनका कारण उनी सन् १९८२ देखि राजनीतिमा प्रवेश गरिन् । एमजीलाई उनी राजनीतिक गुरु मान्थिन् । द्रबिड मुभमेन्टबाट राजनीति तानिएकी उनी द्रबिड पार्टीको प्रमुख बन्न सफल भइन् ।

राजनीतिमा लागेपछि उनको पहिलो भाषण ‘महिलाको गौरव’ सम्बन्धी थियो । जुन भाषण उनका राजनीति करिअरको कोशेढुंगा सावित भयो । बहुभाषी उनी अंग्रेजीमा पनि प्रखर थिइन् । सन् १९९१ मा पहिलो पटक तमिलनाडुको मुख्यमन्त्री बनेकी उनी पाँच पटक मुख्यमन्त्री बनेर कीर्तिमान कायम गरिन् ।

भारतमा ‘अम्मा’ उपनामले चिनिएकी उनले गरिबहरूका उद्धारका लागि विभिन्न कार्यक्रम ल्याएकी थिइन् । गरिबहरूको लागि रोजाइको पात्र बनेकी जयललितालाई क्रान्तिकारी महिलाको रूपमा हेरिन्थ्यो । चलचित्र र राजनीति दुवै क्षेत्रमा उत्तिकै सफल र चर्चित बनेकी उनको ६८ वर्षको उमेरमा गत ... बार निधन भएको हो ।
(एजेन्सीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.