एउटा व्यक्तिले मात्र भ्रष्टाचार निवारण गर्न सक्दैनः प्रधानमन्त्री प्रचण्ड

एउटा व्यक्तिले मात्र भ्रष्टाचार निवारण गर्न सक्दैनः प्रधानमन्त्री प्रचण्ड

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक व्यक्ति वा संस्थाले मात्र भ्रष्टाचारको अन्त्य गर्न नसक्ने भएकाले सबै एक जुट हुनुपर्ने बताएका छन्। शुक्रबार भ्रष्टाचारविरुद्ध राष्ट्रिय दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । ‘भ्रष्टाचार नियन्त्रण कुनै एक संस्था वा सीमित व्यक्तिको मात्र जिम्मेवारी हुन सक्दैन’, प्रधानमन्त्री प्रचण्डले भने ।


प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार नियन्त्रण गर्ने आफ्नो आधारभूत दायित्वलाई कार्यान्यन गरी मुलुकमा सुशासन, न्याय र समानता कायम गर्न सरकार दृढ सङकल्प र योजनाका साथ अघि बढिरहेको बताएका छन् ।

‘नेपाली जनताको ऐतिहासिक सङघर्ष, जनयुद्ध र बलिदानीको जगमा प्राप्त भएका लोकतान्त्रिक गणतन्त्र, सङघीयता, धर्मनिरपेक्षता, समावेशिता र जनअधिकार जस्ता महान उपलब्धिलाई सस्थागत गर्नको लागि संविधानमा आवश्यक संशोधन गरी सबै पक्षको अधिकतम स्वीकार्य बनाई यसको कार्यान्वयन गर्ने ऐतिहासिक अवसर र चुनौती बर्तमान सरकारको सामु रहेको छ,’ प्रधानमन्त्रीले भने, उद्देश्य प्राप्तिका लागि भ्रष्टाचार बिरुद्दको राष्टि«य अभियानले थप मद्दत गर्ने कुरामा म विश्वस्त छु। साथै भ्रष्टाचार नियन्त्रणको लागि झनै कठोर रुपमा प्रस्तुत हुनु पर्ने आवश्यकतालाई पनि हामीले व्यवहारमा उर्तान सक्नुपर्छ ।’

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धिको पक्ष राष्ट«को हैसियतले नेपालले यस महासन्धि कार्यान्वयन गरेको दाबी गर्दै प्रधानमन्त्री प्रचण्डले यो कार्यान्वयन भए सँगै भ्रष्टाचार निवारणका क्षेत्रमा काम भइरहेको दाबी गरे ।

‘महासन्धिलाई कार्यान्वयन गर्ने बिषयलाई उच्च प्राथमिकता दिइ कार्यान्वयन सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना २०६९ बनाई कार्यान्वयनमा ल्याएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘भ्रष्टाचार नियन्त्रणको प्रभावकारिता वृद्धि गर्न नेपाल सरकारले भ्रष्टाचार विरुद्धको छुट्टै रणनीति तथा कार्ययोजना २०६५ समेत कार्यान्वयन गरिरहेको छ ।’

प्रधानमन्त्री प्रचण्डले सरकार संविधान कार्यान्वयनका चरणमा रहेको उल्लख गर्दै जनताका प्रतिनिधि मार्फत् सकेसम्म चाँडै सेवा सुविधा सबै क्षेत्रमा पुर्याउने बताएका छन् । अख्तियारको कार्यक्रममा बोल्दे उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खेलेको भूमिकाको प्रशंसा गरे ।

‘आयोगको समग्र नेतृत्व वर्गको इच्छा शक्ति र योगदानलाई नेपाल सरकारका तर्फवाट धन्यवाद दिन चाहन्छु,’ प्रचण्डले थपे, ‘अयोगलार्इ अफ्नो जिम्मेवरी पूरा गर्न आवश्यक हुने स्रोतरसाधन र सहयोग उपलव्ध गराउन सरकारको पूर्ण साथ रहने छ भन्ने कुरा विश्वास दिलाउन चाहन्छु ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.