जोरपाटीको प्रहरी बिटमा स्थानीयको आक्रमण, १० प्रहरी घाइतेः आठ राउण्ड हवाई फायर

जोरपाटीको प्रहरी बिटमा स्थानीयको आक्रमण, १० प्रहरी घाइतेः आठ राउण्ड हवाई फायर

काठमाडौंः जोरपाटीको महानगरीय प्रहरी बिट नयाँबस्तीमा स्थानीयले आक्रमण गर्दा १० जनाभन्दा बढी प्रहरी घाइते भएका छन् ।

प्रहरीले पक्राउ गरेका ट्याक्सी चालक राजु लामाको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयवासीले प्रहरी बिटमाथि आक्रमण गरेका हुन्। आक्रोशित भिडले प्रहरी बिटमा आक्रमण गर्दा दुई तले भवनमा पूर्ण क्षति पुगेको छ ।

प्रहरीले मादक पदार्थ सेवन गरेर ट्याक्सी चलाएको आरोपमा चालक लामालाई प्रकाउ गरेको थियो । पक्राउपछि प्रहरीको कुटपिटले लामाको मृत्यु भएको भन्दै स्थानीयवासी प्रहरीविरुद्ध खनिएका हुन् । प्रहरीले भने अत्याधिक रक्सी पिएका लामालाई उपचारका लागि अस्पताल लाने क्रममा मृत्यु भएको बताएको छ । आक्रोशित भिडले प्रहरी बिटमा पाक्दै गरेको खानासमेत फालिदिएका छन् ।

स्थानीयवासीको भिड अचानक प्रहरी बिटमा छिरेर प्रहरीमाथि कुटपिट सुरु गरेको थियो । स्थानीयवासीकै पहलमा स्थापना भएको प्रहरी बिटमा असई

विद्याधर चौधरीको नेतृत्वमा सातजना मात्र प्रहरी थिए ।

स्थानीयवासीको आक्रमणबाट प्रहरी सई सन्दीप नापितको नाक भाँचिएको छ । हवल्दार कृष्णहरि बजगाईंलाई भने स्थानीयवासीले पेट्रोल छर्किएर आगजनीको प्रयास गरेका थिए ।

बजगाईंले अन्नपूर्णसँग भने, ‘अचानक सयौँको संख्यामा आएको स्थानीयवासीको भिडले आक्रमण गरेपछि हामीलाई ज्यान जोगाउनै कठिन भयो ।’ आक्रमण सुरु भएपछि केही प्रहरीले झ्यालबाट हाम फालेर ज्यान जोगाएको बजगाईंले बताए ।

स्थानीयले आक्रमणले उग्र रुप लिएपछि घटनास्थलमा पुगेका अन्य प्रहरीले स्थिति नियन्त्रणमा लिन आठ राउण्ड हवाई फायर समेत गर्नु परेको छ । अहिले भने प्रहरीले चौकी कब्जामा लिएको छ । प्रहरी चौकी आक्रमणमा संलग्न भएको आरोपमा १६ जना पक्राउ परेका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

चौकीभित्र राखिएका पाँच वटा मोटरसाइकलमा पेट्रोल छर्किएर आगो लगाएका छन् । सबै मोटरसाइकल ध्वस्त भएका छन् । 

घटनाको छानबिन हुन्छः एआइजी थापा
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रमुख एआइजी प्रतापसिंह थापाले घटनाको छानकिन गर्ने बताएका छन्। उनले घटना स्थानीय प्रहरीको कमजोरी हुनसक्ने आशंका गर्दै छानकिन गर्ने र दोषी पाइए कारबाही गर्ने बताए ।

‘प्रहरी विटै अगाडी राति १० बजेसम्म भट्टी किन सञ्चालन गर्न दिइयो, ट्याक्सी दुर्घटना गराएर चालक राजकुमार भट्टीमा आएर मदिरा पिई झगडा गर्दा किन अर्को पक्ष पक्राउ गरिएन, सुरक्षाका लागि बसेका प्रहरीमाथि नै किन र कसरी अविश्वास पैदा भयो, यी सवालका विषयमा अनुसन्धान हुन्छ, एआईजी थापाले अन्नपूर्णसँग भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.