'सन्धिको आडमा नेपालमाथि अंकुश'

'सन्धिको आडमा नेपालमाथि अंकुश'

काठमाडौं: सेनाका एक उच्च अधिकारीले भारतले तेस्रो मुलुकबाट हतियार किन्न बन्देज लगाएर नेपाललाई कमसल हतियार जबरजस्ती भिडाउने तर गोलीगठ्ठा जानाजान नदिने गरेको बताएका छन् । नेपाली सेनाका पूर्वब्रिगेडियर जनरल प्राध्यापक डा. प्रेमसिंह बस्न्यातले सन् १९५० को सन्धिलाई आड बनाएर भारतले नेपाललाई अंकुश लगाएको बताएका हुन् ।

'यो देशप्रतिको अंकुश हो, यसरी नै रहने हो भने हामीले नेपालको अस्तित्व र स्वाभिमान बचाएर राख्न सक्दैनौं', उनले भने ।
नेपाल प्रज्ञा प्रतिष्ठानको सामाजिक शास्त्र विभागले आइतबार राजधानीमा इतिहासविद् बाबुराम आचार्य र राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका विषयमा आयोजना गरेको प्रवचनमा उनले भारतले सात दिन नाकाबन्दी गर्दा हवाई र मोटरगाडी उड्न र गुड्न नसक्ने दृष्टान्त भोगिसकेकाले यस्तो अप्ठेरो अवस्थामा रहन नहुने सुझाव दिए ।

पूर्वप्रधानसेनापति रुक्मांगत कटवाललाई इंगित गर्दै उनले भने, 'मुलुकमा आइपर्ने विकट र गम्भीर परिस्थिति (१० वर्षे सशस्त्र द्वन्द्व) मा सन् १९५० कै सन्धिका कारण हतियार र गोलीगठ्ठा ल्याउन नसकिएको यथार्थ कि पूर्वराजा ज्ञानेन्द्रलाई थाहा होला कि त्यतिबेलाका प्रधानसेनापतिलाई थाहा होला ।'

'नेपालको राष्ट्रिय सुरक्षामा किल्लाको भूमिका' विषयक कार्यपत्र प्रस्तुत गर्दै उनले राष्ट्रिय सुरक्षाकै कारण भोलिका दिनमा नेपाल इजरायल वा पाकिस्तान हुन सक्ने दाबी गरे । सुरक्षाको जिम्मेवार पदमा रहँदा हतियार र गोलीगठ्ठाको अवस्थाले आफ्नो मन पनि धेरैपटक रोएको उनको भनाइ थियो ।

उनले तत्कालीन समयमा पृथ्वीनारायण शाहले छद्मभेषमा बनारस पुगी त्यहाँबाट मुसलमान (हतियार बनाउने मिस्त्री) ल्याएर गोरखामै हतियार र गोलीगठ्ठा बनाउन लगाएको र उनकै कान्छा छोरा बहादुर शाहले फ्रान्सबाट मिस्त्री झिकाई तोप र अन्य हतियार (बम, गोला, गोली र बारुद) बनाउन लगाएको पनि जानकारी दिए ।

सन् १९५० को सन्धिको आडमा भारतले तेस्रो मुलुकबाट हतियार किन्न बन्देज लगाएर नेपाललाई कमसल हतियार जबरजस्ती भिडाएको तर गोलीगठ्ठा जानाजान नदिएको आरोप ।

कारणबस भारतले नाकाबन्दी लगाएको अवस्थामा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसँग भएका हवाई र सवारीसाधन इन्धन तथा युद्धसामग्री अभावमा बेकामी हुने उनको दाबी छ । सन्धिकै कारण युद्धसामग्री लुकीचोरी अरू देशबाट किन्नुपर्ने बाध्यता रहेकोसमेत जानकारी दिँदै उनले थपे, 'भन्नैपर्दा युद्ध लड्नका लागि नेपाल अफगानिस्तानजस्तै देश हो । नेपालको प्रतिरक्षा शक्ति कमजोर रहेकाले तराई खण्डलाई बैरीसँगको सम्भावित युद्धबाट बचाउन धेरै मुस्किल पर्नेछ ।'

उनले सम्भावित युद्धमा नेपालले भीर, पहाड र किल्लाबाटै हाम्रो पहाडी युद्धकला प्रयोग गर्नुपर्ने अवस्था रहेको पनि जानकारी दिए । हतियार र गोली नहुँदाको अवस्थामा हामीले गर्ने युद्ध वा प्रतिरक्षा लडाइँ भनेको किल्लाभित्र बसेर जाइकटक नगर्नू झिकीकटक गर्नू नै हुने बताउँदै बस्न्यातले थपे, 'त्यो क्रम राणा शासन हुँदै तत्कालीन राजा वीरेन्द्रसम्मले पछ्याएका उदाहरण छन् । देशभित्रै सबै काम गर्न सक्ने भएर पनि हामी किन सन् १९५० को सन्धिलाई पक्षपोषण गरिरहेका छौं ? '

सेना र प्रहरी गरी नेपालमा झन्डै दुई लाख बन्दुक छन् तर त्यसबाट पड्काउने गोली कति छ भन्ने प्रश्न गर्दै प्रतिरक्षाको क्षमता देशको १८औं शताब्दीकै भएको उनले बताए । उनले मुलुक सञ्चालकप्रति संकेत गर्दै प्रश्न गरे, 'कतै कमिसनको मोहमा परेर हामी राष्ट्रघात त गर्दैछैनौं ? '


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.