बोक्सी आरोपमा मलमूत्र कोच्याएर कुटपिट

बोक्सी आरोपमा मलमूत्र कोच्याएर कुटपिट

बनेपा: बोक्सी आरोपमा मलमूत्र कोच्याएर कुटिएपछि ज्यान गुमाएकी काभ्रे सानो बाङ्थली ७ की ३३ वर्षीया लक्ष्मी परियारको मृत्युका बारेमा अनुसन्धान गर्न राष्ट्रिय मानवअधिकार आयोगको टोली काभ्रे आएको छ । आफन्तले दिएको किटानी जाहेरीअनुसार लक्ष्मीको हत्या गरेको आरोपमा शिक्षक हीरा लामा, साइँला तामाङ, लक्ष्मीका श्रीमान् मिलन परियार र काइँली तामाङलाई हिरासतमा राखिएको जानकारी जिल्ला प्रहरी कार्यालयले दिएको छ ।

काभ्रे प्रहरीले आइतबार पत्रकारसम्मेलन गरी घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी गराएको छ । काभ्रेका प्रहरी प्रमुख एसपी सहकुलबहादुर थापाले कसकसले मलमूत्र कोच्यायो र कसले हत्या गर्‌यो भन्ने विषयमा अनुसन्धान जारी रहेको बताए । लक्ष्मीको शव सोही गाविस ७ स्थित रामबहादुर उप्रेतीको गोठमा फेलापरेको थियो । उनको शरीरमा निलडाम रहेको प्रहरीले जनाएको छ । आफन्तले लक्ष्मीलाई बोक्सीको आरोपमा मलमूत्र खुवाएर निर्घात कुटपिट गरी हत्या गरेको भन्दै किटानी जाहेरी दिएका थिए ।

मलमूत्र कोच्याएर कुटिएकी लक्ष्मीको शुक्रबार निधन भएको थियो । उनका छोरा सुमन र सासू विष्णुमाया दमिनीले लक्ष्मीलाई स्थानीय हीरा लामाले मलमूत्र खुवाई कुटपीट गरेर हत्या गरेको बताउँदै आएका छन् ।

'मर्ने बेलामा बुहारीले भनेको, मलाई कुटपिट गर्दै गुहु कोच्याए', मृतककी सासू विष्णुमायाले अन्नपूर्णसँग भनिन्, 'मृतक लक्ष्मी परियारलाई गत मंगलबार स्थानीय शिक्षक हीरा लामा र उनकी आमा काइँलीमाया लामाले बोक्सी भन्दै मलमूत्र कोच्याएर कुटपिट गरेका थिए ।' शिक्षक हीरा लामा र उनकी आमाले मंगलबार डोरीले बाँधेर मलमूत्र कोच्याई निर्घात कुटपिट गरेको विष्णुमायाले बताइन् । 'कुटपिटबाट गम्भीर घाइते भएकी बुहारीको शुक्रबार नै मृत्यु भयो', विष्णुमायाले बुहारीले भनेको सम्झिँदै भनिन्, 'आफूमाथि कुटपिट भएपछि प्रहरी कार्यालय चौबासमा निवेदन दिएका थियौं । विवाद र झमेला बढ्छ भनेपछि बिहीबार हामीलाई प्रहरी र स्थानीय भएर मिलापत्र गराइयो । तर शुक्रबार बुहारीको लास देख्नुपर्‌यो । हामीले पटकपटक कुटपिट भयो, दिसा खुवाइयो भन्यौं तर हाम्रो आवाज कसैले सुनेन । उल्टै मिल्नुपर्छ भने ।'

शिक्षक हीरा लामाको नेतृत्वमा आमालाई मंगलबार डोरीले बाँधेर मलमूत्र कोच्याई निर्घात कुटपिट गरिएको मृतक लक्ष्मीका दस वर्षीय छोरा सुमन नेपालीले बताए । 'मेरी ममीलाई कुटीकुटी मलमूत्र कोच्याएर मारियो । ममीलाई मंगलबार स्कुलको पोलमा बाँधेर कुट्दै दिसा खुवाएका थिए । शुक्रबार उहाँ मर्नुभयो', उनले थपे, 'म बच्चाको कुरा कसले सुन्ने ? बाटो रोकेर सरकी आमाले बोक्सी भन्नुभयो । त्यसपछि हीरा सरले समातेर मेरी ममीलाई नजिकै रहेको सूर्योदय माध्यमिक विद्यालयको खेल मैदानको पोलमा बाँधेपछि कपाल समाएर लडाउनुभयो र खुट्टाले थिच्नुभयो । त्यसपछि चिर्पटले टाउकोमा हान्नुभयो । सरले ममीको छातीमा चार लात्ती पनि हान्नुभयो । त्यही कारण शुक्रबार ममीको मृत्यु भयो ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.