पुष्पा बस्नेतले जितिन् सीएनएन सुपर हिरोको उपाधि

पुष्पा बस्नेतले जितिन् सीएनएन सुपर हिरोको उपाधि

काठमाडौंः नेपालकी पुष्पा बस्नेतले सीएनएन सुपर हिरोको उपाधि जित्न सफल भएकी छिन्। सीएनएन हिरो २०१२ की विजेतासमेत रहेकी बस्नेतले आइतबार साँझ आयोजित कार्यक्रममा सीएनएन सुपर हिरोको उपाधि जितेकी हुन्।

अमेरिकी टेलिभिजन सीएनएनले प्रदान गर्ने सीएनएस हिरो अवार्डको १० वर्ष पूरा भएको अवसरमा सीएनएन हिरो मध्येको उत्कृष्टलाई सीएनएन सुपर हिरोको अवार्ड प्रदान गरेको हो। काठमाडौँमा बाल विकास केन्द्र सञ्चालन गर्दे आएकी बस्नेतले सीएनएन हिरोका लागि मनोनयनमा परेका चार प्रतिस्पर्धीलाई पछि पार्दै सीएनएन सुपर हिरोको उपाधि जितेकी हुन्।

भोटिङका आधारमा सुपर हिरो चयन गरिएको सीएनएन टेलिभिजनले जनाएको छ। फेसबुक र ट्वीटरमार्फत भोट दिन पाउने व्यवस्था गरिएको थियो।
बाल विकास केन्द्र र पुतली घर नामक संस्थाकी संस्थापक बस्नेत कैदमा परेका अभिभावकका छोराछोरीको अधिकारको रक्षा गर्ने काम गर्दै आएकी छन्। उपाधिसँगै बस्नेतले ५० हजार अमेरिकी डलर नगद पुरस्कार समेत पाएकी छन्।

सुपर हिरो घोषणा भएपछि एकदमै खुसी देखिएकी पुष्पाले मत प्रदान गरेर उत्कृष्ट बनाउने मतदातालाई धन्यवाद दिएकी छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.