हिमेश रेशमियाको म्युजिक कम्पनीका सीईओले आत्महत्या गरे

हिमेश रेशमियाको म्युजिक कम्पनीका सीईओले आत्महत्या गरे

बलिउड गायक, म्युजिक डाइरेक्ट तथा अभिनेता हिमेश रेशमियाको म्युजिक कम्पनीका सीईओ एन्डी सिंहले आत्महत्या गरेका छन् । सिंहले आफूबस्ने फ्याल्टमा झुण्डिएर आत्महत्या गरेको खबर भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् । उनले कोठामा रहेको फेनमा डोरी लगाएर आत्महत्या गरेका हुन् ।

उनको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको छ । प्रहरीका अनुसार उनले शनिबार राति आत्महत्या गरेका हुन् । उनी उक्त फ्ल्याटमा आमा र गलफ्रेण्डसँगै बस्तै आएका थिए ।

शनिबार उनी खाना खाएपछि अचानक उठेर आफ्नो कोठामा गएका थिए । धेरै बेरसम्म उनले कोठाको ढोका बन्द गरेका थिए ।

परिवार सदस्यले धेरैपटक ढोका ढक्कढक्याउँदा पनि नखोलेपछि छिमेकीको सहयोगमा ढोका खोलिएको थियो । तर, त्यतिबेला उनलाई फेनमा झुण्डिएको अवस्थामा फेला पारिएको थियो ।

प्रहरीले घटनास्थलबाट कुनै सुसाइट नोट फेला नपरेको जनाएको छ । पोस्टमार्टमपछि मात्र घटनाको केही विवरण खुल्न सक्ने प्रहरीको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.