गोदरेजका छोटुकुल बजारमा
काठमाडौः चौधरी ग्रुपअन्तर्गतको इओएल प्रालिले गोदरेजका ‘छोटुकुल’ बजारमा भिœयाएको छ । विश्वस्तरीय डिजाइन तथा सुविधा सम्पन्न उत्पादनका लागि प्रख्यात घरायसी सामग्रीको ब्रान्ड गोदरेजले हलुका तौल भएको, जता पनि लैजान सकिने रेफ्रिजेरेटरको सानो रुप बजारमा ल्याएको छ ।
छोटुकुलले विजुली नभएको खन्डमा पनि चार घन्टासम्म खानेकुरा चिसो र ताजा राखिराख्ने कम्पनीको दाबी छ । नेपाली ग्राहकको आवश्यकता पूरा गर्ने योजनाका साथ कम्पनीले बजारमा छोटुकुल भिœयाएको हो ।
यसको अर्को विशेषता यसलाई डीसी सप्लाइबाट पनि चलाउन सकिन्छ । यसको प्रयोगले ग्राहक अझ बढी सन्तुष्ट हुने कम्पनीको दावी छ । दुई वटा मोडलमा उपलब्ध छोटुकुलको बिक्री बजारमा अत्यधिक रहेको कम्पनीले जनाएको छ ।