राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियामा तालावन्दी

राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियामा तालावन्दी

बर्दियाः राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमको कार्यालयमा तालाबन्दी भएको छ ।  विभिन्न ६ बुँदे माग सहित ज्ञापनपत्र बुझाएका संरक्षणमा आबद्ध चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान, प्रकृति पथप्रर्दशक संघ, बर्दिया प्रकृति संरक्षण क्लव लगायतका स्थानीय संघ/संस्थाहरुले माग पूरा नभएपछि संयुक्त रुपमा तालाबन्दी गरेका हुन् ।

आईतबारदेखि तालाबन्दी गरिएको कार्यालयमा दोश्रो दिन बितिसक्दा पनि कोषले ताला खुलाउन सकेको छैन् । कोषलाई डव्लुडव्लुएफ लगायतका अन्र्तराष्ट्रिय स्तरका गैरसरकारी संस्थाहरुले वर्षेनी करोडौं रुपैया सहयोग गर्दै आएका छन् ।

चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानको लागि बर्दियामा आएको कार्यक्रम तथा बजेट सार्वजनिक गर्नुपर्ने, बर्दिया राष्ट्रिय निकुञ्जको उत्तरी सीमाना सुर्खेतसँग जोडिएको क्षेत्रमा गरिने कार्यक्रम सार्वजनिक गर्नुपर्ने, कम्तीमा १० जना वन्यजन्तु पीडितलाई रोजगारी दिनुपर्ने लगायतका माग राखी तालाबन्दी गरिएको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान बर्दियाका संयोजक हेमन्त आचार्यले जानकारी दिए ।

कोषको कार्यालयमा लिखित तथा मौखिक रुपमा पटक पटक माग राख्दा पनि वेवास्ता गरेपछि ताला तगाउनु परेको उनको भनाई थियो । ‘माग पूरा नगरेसम्म कुनै पनि हालतमा ताला खौल्दैनौं'-उनले भने-‘यदि हाम्रो माग प्रति कुनै पनि सुनुवाई नभए आन्दोलनका थप कार्यक्रमहरु गर्न वाध्य हुनेछौ ।'

बर्दिया संरक्षण कार्यक्रमका प्रमुख संरक्षण अधिकृत अम्बिका खतिवडाका अनुसार एनटीएनसी बर्दियामा कार्यरत प्राविधिक शैलेन्द्र यादवको सरुवा रोक्ने विषयमा माग गर्दै तालावन्दी गरिएको हो ।

केन्द्रको निर्णयलाई उल्टाउने अधिकार जिल्लाको नभएकोले आफूले माग पूरा गर्न नसकेकोले नै तालावन्दी खेप्नु परेको उनको भनाई थियो ।

पारदर्शिताका माग जायज भएको तर संस्थाको आन्तरिक तथा महालेखा परिक्षकबाट अडिट हुने भएकाले रकम हिनामिना नभएको प्रष्ट पारे । तालाबन्दीका सम्वन्धमा केन्द्रमा जानकारी गराई सकेकोले केही दिन भित्रै सहमति हुने बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.