कायरोमा चर्चमा भीषण हमला, २५ को मृत्यु 

कायरोमा चर्चमा भीषण हमला, २५ को मृत्यु 

कायरो: इजिप्टको राजधानी कायरोमा रहेको एक चर्चमा भीषण हमला भएको छ । हमलामा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको छ ।

इजिप्टेली अधिकारीहरुले सो हमलामा परी अरु कम्तीमा पनि ४९ जना नराम्ररी घाइते भएका जनाएका छन् । क्रिस्मसको समय सुरु हुन लागेको बेला यो हमला भएको छ।

साथै विश्वका अरु पनि केही देशबाट प्राप्त समाचारहरुमा विभिन्न स्थानमा यस्ता हमलाहरु भएका छन् । क्रिश्मसको समय सुरु हुन लागेकै बेला यस्तो हमला भएको जनाइएको छ ।कायरोको एक कोप्टिक क्याथेडल चर्चमा यस्तो हमला भएको हो । इजिप्टको विदेशमन्त्रालयले आइतबार अबेर राति सो हमलाको बारेमा एक विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको छ ।

सो हमलामा भएको क्षतिको विवरण लिने काम भइरहेको छ । सुरक्षाकर्मीले सो हमलामा व्यापक मात्रामा क्षति भएको जनाएका छन् । त्यस क्षेत्रमा रहेको चर्चमा यसअघि पनि उनीहरुले हमलाको प्रयास गरेका थिए । आइतबार अपरान्ह बम हमला गरिएको हो ।

तर आक्रमणको जिम्मेवारी भने अहिलेसम्म कसैले पनि लिएको छैन । सो आक्रमणमा भएको क्षतिको विवरण संकलन भइरहेको सुरक्षाअधिकारीहरुले जनाएका छन् । उक्त बम आक्रमणपछि कायरोमा रहेका अरु चर्चहरुमा पनि सुरक्षाको कडा निगरानी गरिएको बताइएको छ ।

आइतबार उक्त चर्चमा प्रार्थनामा रहेका बेला एक अज्ञात व्यक्तिले सो चर्चभित्र बम हानेको अधिकारीहरुले जानकारी दिएका छन् । सो बम हमलाको संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले निन्दा गरेका छन्। उनले सो हमलाले मानवता विरुद्धको अपराध गरेको बताएका छन्।

त्यसैगरी युरोपेली युनियनले पनि सो हमलाको निन्दा गरेको छ। उक्त हमलामा परी ज्यान गुमाएका व्यक्तिको परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
इयूले यस हमलामा सम्लग्नहरुलाई कडा भन्दा कडा कारबाहीको पनि माग गरेको छ । रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.