हुन्डाइको नयाँ थ्रीएस सेन्टर

हुन्डाइको नयाँ थ्रीएस सेन्टर

नेपालगन्जः हुन्डाईको नयाँ ३ एस सेन्टर नेपालगन्जमा स्थापना भएको छ । करिब ४ करोड बराबरको लगानीमा सेल्स, सर्भिस र स्पेयर पार्टसको लागि नयाँ ३ एस सेन्टरका स्थापना गरिएको छ ।

सो सेन्टरको सोमबार श्रेष्ठ परिवारका हिम प्रसाद श्रेष्ठ तथा लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका कार्यकारी निर्देशक निराकर श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

सो सेन्टरमा ५ वटा सम्म गाडिको सो रुम, उत्कृष्ट तालिम प्राप्त प्राविधिकहरु, एयर कन्डिसन र वाइफाई सुविधिा युक्त कस्टरमर लाउन्ज रहेका छन् ।

सो सेन्टरमा ३ सय गाडिको सर्भिसिङ तथा पार्किङ गर्न सक्ने क्षमता रहेको छ । नेपालको लागि हुण्डाई गाडिको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले एउटै छाना मुनि सेल्स, सर्भिस, स्पेर पार्टसको सुविधा प्रदान गर्ने उद्देश्य सहित नेपालगन्ज स्थीत डिलर हिम अटो डिस्ट्रिब्यटरको स्थापना गरेको हो ।

नेपालगन्ज र वरिपरिका क्षेत्रमा रहेको बढदो हुण्डाई गाडिको मागलाई मध्यनजर गरेर डिलर सिप स्थापना रहेको हिम अटो डिस्ट्रिब्यटर्सका सञ्चालक रविन्सन श्रेष्ठले बताए ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले काठमाण्डौ बाहिर पोखरा, नारायण घाट, बुटवल, दाङ, विराटनगर, दमक, विर्तामोड, बनेपा, धनगढि, भैरहवा, इटहरी, नेपालगन्ज, हेटौडा लगायतका स्थानमा गरि १३ वटा डिलर सिप स्थापना गरेको छ ।
फोटो छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.