मुक्तिनाथको गोपीगञ्जमा नयाँ कार्यालय
काठमाडौः मुक्तिनाथ विकास बैंक लिमिटेडले नवलपरासीको जमुनिया गाविसको गोपीगञ्जमा लघुवित्त सेवाको अतिरिक्त आधुनिक बैंकिङ सेवा सञ्चालन ल्याएको छ ।
ग्रामीण बैंकिङ कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले उक्त स्थानमा आफ्नो नयाँ कार्यालय सञ्चालनमा ल्याएको हो । कार्यालयको उद्घाटन बैंकका अध्यक्ष मीनप्रसाद गुरुङले गरेका थिए ।
उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बैंकको उद्देश्य, रणनीति, सेवासुविधा एवं भावी कार्यक्रमबारे जानकारी गराएका थिए ।
यस कार्यालयबाट नवलपरासी जिल्लाको बर्दघाट, जमुनिया, बेदौली, बडहरा, दुबौलिया, भुजहवा, दाउन्नेदेवी, गुठी प्रसौनी, गुठी सूर्यपूरा, जहदा, कुडिया, पक्लिहवा, प्रतापपुर, रामपुर खडौना, रुपौलिया, सरावल, सोमनी, ठूलो खैरटवा, त्रिवेणी सुस्तालगायतका क्षेत्रमा बैंकिङ सेवा पुग्ने बताइएको छ ।
बैंकले ३० वटा आधुनिक बैंकिङ, १७ वटा सीमित बैंकिङ र दुई वटा एक्स्टेन्सन काउन्टरसहित ४७ वटा लघुवित्त डेस्क कार्यालयबाट वित्तीय सेवा प्रदान गरिरहेको छ ।