बिहीबार र शुक्रबार राजधानीमा अन्तराष्ट्रिय शैक्षिक मेला
काठमाडौंः विभिन्न सात देशको सहभागितामा राजधानीमा १३ औँ अन्तराष्ट्रिय शैक्षिक मेला हुने भएको छ । अल्फा–बिटा इन्सिच्यूटको आयोजनामा बिहीबार र शुक्रबार (मंसिर ३० र पुस १ गते) हुने मेलामा २० बढी शैक्षिक संस्था सहभागी हुनेछन् ।
मेलामा जापान, अमेरिका, अष्ट्रेलिया, आयरल्याण्ड, मलेसिया, भारतसहित ७ देश सहभागी हुने अल्फा–बिटाका प्रबन्धक सौरभ श्रेष्ठले जानकारी दिए । मेलामा विदेशमा पढ्न चाहने विद्यार्थीले पढ्न चाहेको विषयबारे विशेषज्ञबाट परामर्श लिन पाउने छन् ।
मेलामा अन्तराष्ट्रिय स्तरका विज्ञसँग प्रत्यक्ष अनलाइनमा परामर्श लिने व्यवस्था समेत मिलाइएको प्रबन्ध श्रेष्ठले जानकारी दिए । अल्फा–बिटा अमेरिकन इन्टरनेशनल रिक्युमेन्ट काउन्सिलबाट प्रमाणपत्र प्राप्त नेपालको चर्चित शैक्षिक परामर्शदाता संस्था हो ।