‘अमेरिकी निर्वाचनमा रूसी हस्तक्षेप गलत’

‘अमेरिकी निर्वाचनमा रूसी हस्तक्षेप गलत’

मस्को: रूसको प्रशासनिक केन्द्र क्रेमलिनले वासिङटन पोस्टमा छापिएको अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रूसको हस्तक्षेप रहेको भन्ने अमेरिकी गुप्चतर संस्था सिआइएको रिपोर्ट निराधार आरोपमात्रै भएको जनाएको छ ।

निर्वाचनका विषयमा रूसलाई जोडेर गरेको एउटै पनि आरोप बिल्कुलै आधारहीन भएको र यसलाई प्रमाणित गरेर देखाउन क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले सञ्चारकर्मीसँग आग्रह गरे । ‘यी सबै आरोप बिल्कुल निराधार, अनुचित र अव्यवसायिक रहेकाले यसको वास्तविक अर्थमा कुनै तुक छैन’, पेस्कोभले भने ।

गत साता वासिङटन पोस्टमा प्रकाशित एक समाचारमा सन् २०१६ मा रूसले साइबर आक्रमणद्वारा अमेरिकी निर्वाचन प्रभावित तुल्याउने र रिपब्लिकन नेता डोनाल्ड ट्रम्पको पक्षमा माहोल खडा गरेकोे भन्ने भावसहित सिआइएको रिपोर्ट सार्वजनिक गरिएकोे थियोे । अमेरिकी राष्ट्रपति बाराक ओबामाको निर्देशन र अमेरिकी कंग्रेसको मागअनुसार सिआइएको प्रतिवेदन बाहिर ल्याइएको र यसमा सन् २०१६ को निर्वाचन समयमा भएका साइबर अपराधसम्बन्धी घटना र अमेरिकी निर्वाचनमा रूसी हस्तक्षेपका बारेमा जनाइएको छ ।

नवनिर्वाचित राष्ट्रपति ट्रम्प र उनको दलले यसको खण्डन गरिसकेको छ । रिपब्लिकन पार्टीका नेसनल कमिटीका प्रवक्ता सिन स्पाइसरले गुप्तचर संस्थाबाट आएको सूचना ‘गलत’ भएको भनी प्रतिवेदनको खण्डन गरेका छन् । त्यसैगरी ट्रम्पले पनि सूचनालाई ‘प्रतिशोधपूर्ण’ भन्दै ट्विटमार्फट खण्डन गरेका थिए ।

गत जुलाईमा हिलारी क्लिन्टनको निर्वाचन अभियानले डेमोक्रेटिक नेसनल कमिटीबाट लज्जास्पद इमेल चुहावटबारे कुरा उठाएपछि रू अमेरिकी राजनीतिमा प्रवेश गरेको थियो । रूसी राष्ट्रपतिले अमेरिकी निर्वाचनमा रूसको हात रहेको भनी आएका समाचारलाई अमेरिकी मतदाताको ध्यानलाई स्थानीय मुद्दालाई विषयान्तर गर्ने प्रयास भनी आरोपको गत अक्टोबरमा नै खण्डन गरेका थिए । रासस/एएफपी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.