मन्त्रीज्यू तपाईंलाई १० करोड अफर कसले गर्यो ?

मन्त्रीज्यू तपाईंलाई १० करोड अफर कसले गर्यो ?

काठमाडौंः मंगलबार उर्जामन्त्री जनार्दन शर्माले आफूलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाइदिन १० करोड अफर आएको औपचारिक कार्यक्रममै सार्वजनिक गरेपछि यो विषयले चर्चा पाएको छ ।

विराटनगरका उद्योगी व्यवसायीले मंगलबार आयोजना गरेको उर्जा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा  मन्त्री शर्माले यस्तो खुलासाा गरेका हुन् । शर्माका अनुसार प्राधिकरणको कार्यकारी निर्देशक बनाइदिन पाँच व्यक्तिले १० करोडको अफर गरेका थिए ।

कार्यक्रममा मन्त्री शर्माले त्यस्तो प्रस्ताव स्वीकार गरेको भए आफू तत्काल उद्योगपति हुने समेत बताएका थिए । उनले त्यस्तो बाटो नरोजिकन जनताको घर आगनमा झिलिमिली बिजुली बाल्ने बाटो रोजेको दाबी गरेका छन् ।

कार्यक्रममा मन्त्री शर्माले भनेका थिए, ‘मैले त्यस्तो (१० करोडको) अफर स्वीकार गरेको भए तपाईंहरु जस्तै उद्योगपति म पनि हुनसक्थेँ होला ! तर, मैले त्यो बाटो रोजिन । परिणामस्वरुप आज जनताको घर आगनमा झिलिमिली बत्ती बलेको छ ।’

ऊर्जामन्त्रीले औपचारिक कार्यक्रममै आफूलाई यस्तो अफर गरे पनि कसले अफर गर्यो भन्ने सार्वजनिक भएको छैन् । भ्रष्टाचार निवायरण हुनुपर्छ भन्ने ऊर्जामन्त्रीले आफूलाई घुसको अफर गर्ने व्यक्तिलाई संरक्षण दिन मिल्छ र ? कि किन ऊर्जामन्त्रीले आफूलाई १० करोड अफर गर्नेको नाम सार्वजनिक गरेनन् ?

यो अति गम्भीर प्रश्न हो । मन्त्री शर्माले यदि सस्तो लोकप्रियताका लागि मात्र यो अभिव्यक्ति दिएका होइनन् भने यस्तो अफर गर्नेलाई किन कानुनी दायरामा नल्याउने ?


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.