प्रदर्शनको १५ औं दिन: गुल्मीमा प्रहरी र प्रदर्शनकारीबीच झडप

प्रदर्शनको १५ औं दिन: गुल्मीमा प्रहरी र प्रदर्शनकारीबीच झडप

गुल्मीः व्यवस्थापिका संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सम्बन्धी विधेयकको विरोधमा गुल्मीमा जारी प्रदर्शनका क्रममा बुधबार झडप भएको छ ।

बुधबार गुल्मीको तम्घासमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो । सुरक्षा घेरा तोडेर प्रदर्शनकारी महिला जिल्ला प्रशासन कार्यालयमा छिरेपछि तनाव भएको हो ।

बुधबार प्रदर्शनमा उत्रिएका गुल्मीका महिलाले जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संविधान संशोधन फिर्ता गर्न मागसहितको पत्र बुझाएका छन् ।

सांसद कमला बिकको नेतृत्वमा प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालय अगाडि पुगेको टोलीले सुरक्षा घेरा तोडेपछि केहीबेर तनाव भए पनि अहिले स्थिति सामान्य भएको छ ।

प्रदर्शनकारीले अहिले जिल्ला प्रशासन कार्यालय अगाडि सरकारविरुद्ध नाराबाजी गरिराखेका छन् । बुधबारको प्रदर्शनमा सयौंको संख्यामा महिलामात्र सहभागी छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.