कोरियन बुहारी भन्छिनः मेहनत गर्ने हो भने नेपालमा नहुने केही छैन्'
काठमाडौः कपाल स्ट्रेटिगं यानिकी (सिधा बनाउँदा) बल र बुद्धि लागएर तान्नुपर्छ, हात दुख्छ, पोल्छ नदेखिने खालको मेहेनत चाहिन्छ यसमा । उनको यही दुख बुझेपछी मैले काममा सहयोग गर्न थाले । सायद यो माया हो । यसरी गफिरहेका थिए गोबिन्द राइ पिपुल्सा प्लाजाको पाँचौ तल्लामा स्थित आफनै पार्लरमा । पार्लरको अर्को छेउमा गाढा निलो कपाल मिलाउँदै मुस्कुराइरहेकी थिइन् श्रीमती ली योगं सोक । अठार वर्षको उमेरमा कोरीया पुगेका राइले ली योगं सोकलाइ कोरीयाको राजधानी सोलमा भेटेका थिए ।
ली सोलमा पार्लर चलाएर बसेकी थिइन । राइ उनैको पार्लरमा कपाल काट्न जान्थे । जाँदाजँदै लभ पर्न थाल्यो, राइले मजाक गर्दै भने म ह्याडसम छु नी उसले देख्ने बितिकै मन पराइन् । कफी खादै, फिल्म हेर्दै हाम्रो लभ झांगियो । बीस वर्ष कोरीया बसेपछी आठ वर्ष पहीला नेपाल फर्कीयौ त्यो पनि ली कै आग्रहमा ।
यी बुढाबुढी भन्छिन्, कोरीयामा पैसा छ तर आफनो लागी समय छैन । तर नेपालमा दुख गर्यो भने पैसा छ, आफनो लागी समय पनि हुन्छ । कोरीयाबाट आएदेखी नै पार्लर चलाइरहेकी ली भन्छिन्, ‘खाली विदेश जाने, पैसा कमाउने भन्छन् विदेशमा सजिलो छैन ।' राइ थप्छन् मास्टर पास गरेका लेबर गर्न विदेश गएको देख्दा चित्त दुखेर आउँछ । अलिकति आइडीया लगाए र मेहेनत गरे नेपालमा विदेशमा नसकेको आम्दानी गर्न सकीन्छ । राजनिती अस्थीरता भनेर दोष लाउनु बेकार हो । गरीखानेको लागी राजनितीसँग कुनै सम्बन्ध छैन, मेहनेत गर्नेलाइ राजनिती के मतलब ।
यहाँ एकवर्षमा मरेर कमाएको पैसा उहाँ एक महीनामा कमाइन्छ । तर पैसा नै सबै थोक हैन नी । नेपालमा पनि सबै कुरा संभव हुन्छ भन्ने शिक्षा दिनुपर्छ हामीले । विदेश जाने मात्रै राम्रो भन्ने सोच हामीले हटाउनुपर्छ । राइ थप्छन्, हेर्नुस न बाटोमा हातमा राखेर चिया डुलाउनेले पनि मासीक तीस हजार कमाउदो रहेछ । नेपालीहरुले साउदीमा ईटा बोक्दा हुने नेपालमा नहुने । त्यहाँ ईटा बोक्दामहीनाको तीस हजार कमाउँछ तर नेपालमा त्यो भन्दा धेरै कमाउँछ ।
पार्लरमा पच्चीस तीस वर्ष लामो अनुभव संगालेकी ली नेपाली ग्राहकलाइ धन्यवाद दिन चाहेको बताउँछिन् । उनले धन्यवाद दिनुको कारण भने नेपाली ग्राहकहरु कुरेर बसीदिन्छन् । आज भ्याएन भोली आउनुस है भन्दा आइदिन्छन् । कोरीयामा यो संभव हुँदैन । सायद मेरो काम मन पराएर आउनुभएको होला ली ले भनिन् ।
कुनै पनि समय ब्यस्त रहने उनको काठमाडौमा बस्ने सतप्रतिशत कोरीयन उनकै पसलमा आउँछन् । नेपाली जापानिक, चाइनीक, युरोप अमेरीका सबैतिरका ग्राहक आउने गरेको बताउँछिन ।
भुकम्पले गर्दा आफनो ब्यापारमा अलि मन्दि ल्याएको छ ली ले भनिन् । भुकम्प पहीला त खाजा खाने समय पनि हुदैनथियो । पाँच जना स्टाफ थिए । सबै ब्यस्त हुन्थे । भुकम्प पछी ग्राहक अलि आउँदैनन । कहीलेकहीले ब्यस्त हुन्छु, कपाल कलर गर्ने, पर्म, डीजिटल पर्म, स्टे्ट, कर्ल गर्ने धेरै मान्छे आउँछन् । तीन महीनाको एकलाख २० हजार भाडा तिर्नुपर्छ उनले । अहीलेलाइ दुइ जना स्टाफ मात्रै राखेकीछिन् ।
ली को नेपालीहरुसँग काम गर्दाको अनुभव फरक रहेको बताउँछिन् यहाँका स्टाफ डेगीलो छैनन । काम गर्दा खासै ध्यान दिदैनन् । तर कोरीयामा काम गर्दा ध्यान दिन्छ । काम सिकाउदा पनि स्टाफले राम्रो सिक्दैन एकदम गारो । कोरीयामा सिरीयसली काम सिक्छ । मन दिन्छन् । यहाँ अलि लापरबाही गर्छन ।
कोरीयामा ब्युटि पार्लर खोल्नु भन्दा पहीला सरकारले लिने जाँच लिएर मात्रै खोल्न पाइन्छ । बाइसवर्ष कोरीयामा पार्लर चलाएकी थिइन ली ले। उनको विचारमा कोरीयामा कपालको स्टाइल धेरै गरीन्छ । कामको ब्यस्तताले प्रायजसो छोटो कपाल बनाउन मन पराउँछन । कोरीयनहरु कपालमा एकदमै सौखीन हुन्छन् । हप्तै पिच्छे फरक स्टाइल दिन्छन् । उनले हाइस्कुल लेभल सकेपछी काम सुरुगरेकी थिइन् ।
पार्लर मात्रै हैन परीवार पनि हेर्नुपर्छ उनले । कोरीयाबाट आएर नेपाली परीवारमा बुहारी बन्दा समस्या त पर्छ नै । दुइजना छोरीहरुछन् । सासुससुरा रोगी हुनुहुन्छ । उहाँहरुको रेखदेख गर्नु, बच्चालाइ ब्यालेन्समा राखेर आफनो काम गर्न साहै पर्छ । तर मैले पेटमा बच्चा नौ महीना भइन्जेल पार्लरमा काम गरेको थिएँ । दुइ हप्ता आराम गरेपछी छोरी जन्मेकी थिइन । उनी जन्मेपछी पनि एक महीना नभइ काम गर्न थालेँ । ग्राहकले बस्नै दिएनन । छोरी चार वर्षकी भइन। घरमा बस्छिन ।
ली का श्रीमान ४७ वर्षका राइ पनि उतिकै मेहेनतमा विश्वास गर्छन् । कोरीयामा निकै दुख गरेर टेक्ससाइल कम्पनिमा क्याप्टेन, मेनेजर सम्मको पदमा पुगेको र पछी आफैले कम्पनी खोलेर बसेको बताए । धेरै संघर्ष गरेँ । यता र उता आकाश पातलको फरक छ । यहाँ ठग्दै काम गर्छ । त्यहाँ लापरबही भन्ने हुँदैन ।
जिम्मेवारी लिए पछी राती भए नि सक्नैपर्छ । म १८ घन्टा सम्म काम गर्थे । कामको बोझ, पारीवारको लागी समय नहुने । पैसाले मात्र खुशी नदिदो रहेछ । अनि हामीले नेपाल आउने निर्णय गर्यौ यहाँ पैसा नकमाइएला । तर सबैले टोल, छिमेकमा चिन्छन्, इपिएस भाषा तयारी कक्षामा पढाउने हुँदा त्यहाँ धेरैले चिन्छन् । त्यहाँ कसले चिन्छन् र । इज्जत कहाँ हुन्छ र ?
राइ बिहान छ बजे देखी नै कोरीयन भाषा पढाउन दौडीन्छन् बानेश्वरमा । नेपाल सरकारले दिने व्यवसायिक इपिएस तालिम केन्द्र छ भैसेपाटीमा । त्यहा नौ बजे पुगीसक्छन् । त्यसपछी दरबार मार्गमा आफुले सुरु गरेको ट्राभल एजेन्सीको लागी पनि समय मिलाउँछन् ।
कहीलेकाही श्रीमतीलाइ सघाउन पनि आइपुग्छन् । विदेशमा त्यति धेरै खटेँ । यहाँ त सजिलो छ नी । भारी बोक्नुपर्ने त हैन नी । राइको विचारमा सीप जस्तोसुकै सिके पनि काम लाग्ने बताउँछन् । मेहेनेत गर्नेले भोकै मर्नुपर्दैन । विदेशमा गएर ईटा बोक्नेले नेपालमा पनि बोक्न सक्नुपर्छ ।
आफु पनि काम गर्छन र श्रीमतीको कामलाइ प्रशंसा गर्छन उनी । ली को अबको सपना भनेको एउटा राम्रो तामिल केन्द्र खोल्ने हो । उनी आफनो पार्लरलाइ कोरीयामा जस्तै स्थापित र विस्तार गर्न चाहेकोले उनलाइ सहयोग गर्ने राइले बताए ।