प्यूठानमा बस दुर्घटना, सहचालकको मृत्यु

प्यूठानमा बस दुर्घटना, सहचालकको मृत्यु

प्यूठानः बुधवार दिउँसो बस दुर्घटना हुँदा प्यूठानमा एकजनाको मृत्यु भएको छ । दाङको भालुवाङबाट प्यूठानको दरभानतर्फ आउँदै गरेको ना ३ ख ७०३३ नम्बरको मिनी बस बांगेशाल–६ धारखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी सहचालक बांगेशाल–५ का १६ बर्षीया सन्तोष रानाको मृत्यु भएको प्यूठानका प्रहरी प्रमुख डिएसपी रञ्जीतसिंह राठौँरले जानकारी दिए ।

रानाको भालुवाङमा उपचार गर्दागर्दै मृत्यु भएको हो । बसमा सवार एक सामान्य घाइते भएका छन् ।

चालक रम्दी–४ प्यूठानका बलराम कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.