हत्यारालाई तत्काल कारबाहीको माग गर्दै नाराजुलुस

हत्यारालाई तत्काल कारबाहीको माग गर्दै नाराजुलुस

बनेपाः बोक्सीको आरोपमा लक्ष्मीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय धुलिखेलमा प्रदर्शन भएको छ ।

सदरमुकाम धुलिखेलमा प्लेकार्ड र व्यानर बोकेर कारबाहीको माग गर्दै विभिन्न संघसंसथा र पिडितहरुको प्रदर्शन गरेका हुन् । दलित शक्ति नेपाल काठमाण्डौले बोक्सी आरोपमा मलमूत्र खुवाएको घटनामा मिलापत्र गर्ने प्रहरीलाई समेत कारबाहीको माग गरिएको छ ।

दलित शक्ति नेपालका प्रवक्त दलमर्दन कामीले भने-‘बोक्सीको आरोप लगाउनु जगन्य अपराध हो’,त्यसैले घटनामा संम्लग्न दोषीलाई छिटो कारबाही गर्नुपर्छ । गत २० गते स्थानीय शिक्षकको नेतृत्वमा विद्यालयको पोलमा बाँधेर मृतक लक्ष्मीलाई कुटपिट गरी दिसा खुवाएको तेस्रो दिन प्रहरीले मिलापत्र गराएको भन्दै घटनामा संम्लग्न लाई तत्काल कारबाहीको माग गर्दै दलित शक्ति नेपालका कार्यकर्ता र पिडित परिवाका सदस्यहरुले जिल्ला प्रहरी कार्यलय अगाडी धर्ना दिएका थिए ।

विज्ञप्तीमा दुव्र्यवहार भएपछि न्याय माग्न आएका पीडितलाई प्रहरी इन्चार्जले आफूहरूले महिलाको विषय नहेर्ने भन्दै गाउँमा गएका प्रहरी इन्चार्जले थप अनुसन्धान गर्नुको सट्टा मिलापत्र गराई पठाउने प्रहरीलाई कारबाहीको माग गरिएको छ । भने घटनामा संलग्न स्थानीय शिक्षक हिरा लामा र उनको आमालाई कडा भन्दा कडा कारबाहीको समेत माग गरिएको छ ।

छ दिनपछि पनि हुन सकेन लक्ष्मीको पोस्टमार्टम

बोक्सीको आरोपमा मलमूत्र खुवाउँदै चिर्पटले हानेर घाइते बनाइएकी काभ्रे सानो बाङथलीकी लक्ष्मी परियारको मृत्यु भएको छ दिन बित्दा पनि पोस्टमार्टम भएको छैन । शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । मानवअधिकार आयोग तथा राष्ट्रिय दलित आयोगले स्थलगत अनुगमनपछि मात्र पोस्टमार्टम गर्न आग्रह गरेकाले रोकिएको प्रहरीले जनाएको छ ।

आयोगले सोमबार तथा दलित आयोगले मंगलबार घटनास्थलमा पुगी अनुसन्धान अघि बढाएका छन् । बुधबार पोस्टमार्टम गर्ने बताएपनि प्राविधीक कारण देखाउदै रोकीएको बताए ।

२० मंसिरमा सूर्योदय स्कुलको प्रांगणको पोलमा बाँधेर लक्ष्मीलाई कुटपिट गरी मलमूत्र खुवाइएको राष्ट्रिय मानवअधिकार आयोगको स्थलगत अनुगमनमा स्थायिहरुले बताएका थिए । बोक्सी भन्दै उनलाई कुटपिट भएको मृतकका छोरा र स्थानीयले बताएका छन् ।

तर, गाली गर्ने क्रममा बोक्सी भनेको वा बोक्सीकै आरोप लगाएर कुटपिट गरेको भन्ने विषय प्रस्ट भइनसकेको अनुसन्धानमा आबद्ध प्रहरी तथा अधिकारकर्मीले बताएका छन् । २० गते उनलाई कुटपिट गरी घाइते बनाएको चार दिनपछि उनको मृत्यु भएको थियो ।

श्रीमानसहित चारविरुद्ध ज्यान मुद्दा

काभ्रे सानो बाङथलीकी लक्ष्मी परियारको हत्या आरोपमा प्रहरीले उनका श्रीमानसहित चारजनाविरुद्ध ज्यान मुद्दा अघि बढाएको छ । बोक्सीको आरोप लगाउँदै स्कुलको पोलमा बाँधेर मानव मलमूत्र खुवाउँदै कुटपिट गर्ने स्थानीय शिक्षक हीरा लामा, उनकी आमा काइँलीमाया लामा, सोही गाउँकी निरमाया तामाङ र लक्ष्मीका श्रीमान् मिलनलाई अदालतमा पेस गरी थुनामा राख्ने म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

स्थानीय महिला निरमायाले लक्ष्मीलाई बाँध्न डोरी दिँदै हीरा लामालाई सहयोग गरेकी थिइन् । मिलनले आफूले श्रीमतीलाई कुटेको स्विकारेका छन् । हत्यामा चारजनाको संलग्नता पुष्टि भएकाले उनीहरूलाई कर्तव्य ज्यान मुद्दामा थुनामा राखी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सहकुल थापाले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.