सत्र बर्षदेखि दाम्लोमा

सत्र बर्षदेखि दाम्लोमा

काठमाडौंः ‘धनीलाई धनमाथि धनै छ, गरिवलाई चमेली रिनमाथि रिनै छ,' बलिदान चलचित्रमा गितकार रामेशले गाएको यो गित जस्तै छ भगवती कार्कीको जिन्दगी पनि । उनको कहीँकतै एक टुक्रा जमिन छैन । बस्नका लागि बाग्मतीको किनारमा भाटा र प्लास्टिकले बारेको छाप्रोमुनी घाम पनि नछिर्ने कोठा छ ।

उनका तीन सन्तानमध्ये जेठो छोरा लालबहादुर १७ बर्षदेखि ओच्छ्यानमै थल परेका छन् । काखको छोरा पूर्णबहादुरको पनि पाँच बर्षदेखि हालत उस्तै छ । दुबैजना हातगोडा नचल्ने रोगले यताउता हिंडडुल गर्न सक्दैनन् ।

उनीहरुको विस्तारामै दिनरात वितिरहेको छ । हातमुख जोर्न विहान बेलुका काममा जाँदा जेठो छोरा लालबहादुरलाई ह्वील चियरको डण्डीमा सलले खुट्टा बाँधेर निश्किन्छिन् उनी । दुबै छोराको ओच्छ्यानमै दिसापिसाब हुन्छ । ‘दिसापिसाब तर्काउन बच्चालाई डाइफर किन्ने पैसा पनि छैन । केले उपचार गर्ने ? ,' भगवती उल्टै प्रश्न गर्छिन् । ३५ बर्षिय उनको विहान साहुको घर लिपपोत र बेलुका सडकमा मकै पोलेर जिवन गुजारा चलेको छ ।

भरखरै मात्र ‘सबैका लागि घरघरमा मानवअधिकारः शान्ति र विकासको आधार' नाराका साथ तारे होटलमा ६८ औं अन्तरराष्ट्रिय मानवअधिकार उत्सव मनाईयो । तर कार्की परिबारको आवाज सुनिदिने कोही छैन । न राज्य, न गैरसरकारी संस्था । कार्कीका लागि बोल्नलाई कुनै शब्द छैन । आँखामा आँशु टिल्पिलाउँछन् मात्र ।

उनलाई कहाँबाट आर्थिक सहयोग मिल्छ भन्ने पनि थाहा छैन । यतिका बर्षसम्म छोराको अबस्था बुझ्न कोही सुकुम्बासी छाप्रोमा पुगेका छैनन् । यसो त ठूलाबडाबाट उपचार खर्चका नाममा राज्यकोषबाट करोडौं रुपैयाँ वितरण दोहन भइरहेको छ ।

‘छोराको अबस्था देखेर पीरैपीरले कहिलेकाहीँ त मरौं की जस्तो लागेर आउँछ,' गला अबरुद्ध पार्दै भगवतीले भनिन्, ‘डाक्टरले कुपोषणले हो भन्छन् । हामी गरिवको के उपाय छ र ? ' उनका अनुसार कुपोषणको उपचार गरेर थेरापी गरे बच्चालाई निको हुने सल्लाहा डाक्टरले दिएका छन् ।

‘विहान साहुको दैलो लिपेर, बेलुका सडकमा मकै पोलेर पाँचजना जहान पालेकी छु । मैले यति गरिन भने भान्सामा आगो पनि सल्किन्न,' उनी बह पोख्छिन्, ‘पीरैपीरले जीउ नचलेर कहिलेकाहीं मलाई नै अरुले सुताउने उठाउने गर्नुपर्छ ।'

केही बर्षअघि ओखलढुंगाको यसमबाट बर्दीबास हुँदै मजदुरी गर्न उनीहरु राजधानी भित्रीएका हुन् । भगवती, उनका पती, बुढी आमा, आठ बर्षकी छोरी सबै निरक्षर छन् । गुहार माग्नका लागि जाने ठाउँ नचिनेको गुनासो उनको छ । भगबानको पुकाराबाहेक दोस्रो विकल्प छैन । रिपोर्टीङकाक्रममा बानेश्वर जागृतीनगरस्थित बाग्मती छेउको सुकुम्बासी वस्तीमा पुग्दा लालबहादुरले ह्ीलचियरको डण्डीमा बाँधेको गाँठो फुकाइदिन इसारासहित दुई हात जोडेर नमस्कार गर्दै थिए ।

बोल्नसमेत नसक्ने उनका आँखा आँशुले भरिए । काममा जाँदा बाँधेर राख्नुपर्ने बाध्यता छ । पैसा दिएर सहयोग गर्नसमेत हातका औंलाले इशारा गरे । चिन्ताका कारण लालबहादुरका बाबुलाई दिनहुँ मदीरा सेवन गर्ने बानी परेको छ । तनाबका कारण गर्दै आएको ज्यामी काम पनि छाडिदिएपछि परिबारमा झन् पीडा थपिएको छ ।

७० काटेकी बुढी हजुरआमालेसमेत मदीरा पीएर पीर बिर्साउने गरेको बताइन् । ‘अपाङ्ग र दीनदुःखीलाई सहयोग गर्ने संस्था पनि छन् भन्दा सुन्छु । कसैले सहयोग गरिदिए अरुका जस्तै मेरा छोरा पनि हिँडेको देख्न पाउने थिएँ,' आँशु पुच्छ्दै भगवतीले भनिन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.