सञ्चारमन्त्रीको ‘आइफोन’ डेनमार्कबाट आयोः १० तोला सुन आमाको

सञ्चारमन्त्रीको ‘आइफोन’ डेनमार्कबाट आयोः १० तोला सुन आमाको

काठमाडौंः सञ्चार मन्त्री सुरेन्द्र कार्की (राम) ले आफ्नो सम्पत्ति विवरणमा ल्यापट, आइप्याड र आइफोन भएको खुलाएका छन् । उनलाई आइफोन डेनमार्कमा रहेका साथीले दिएका हुन् भने आइप्याड नेपालकै एक साथीबाट प्राप्त भएको हो । सञ्चारमन्त्री कार्कीसँग भएको ल्यापटप र कम्युटर भने युरोपबाट साथीले पढाइदिएका हुन् ।

बुधबार मन्त्रिपरिषद्बाट सार्वजनिक भएको सम्पत्ति विवरणमा कार्कीले आफ्नी पत्नीको स्वामित्वमा सिक्किम र दार्जिलिङमा घर र जग्गा भएको उल्लेख गरे पनि कुन ठाउँमा छ भन्ने प्रष्ट पारेका छैनन् ।

जग्गाको विवरणमा भने पैतृक सम्पत्तिको रुपमा स्वर्गीय रत्नदेवीको नाममा ४ रोपनी सम्पत्ति रहेको उल्लखे छ भने छोराको नाममा भक्तपुरको ३० हजार मूल्य पर्ने जग्गा रहेको उल्लेख छ ।

छोराकै नाममा सिपाडोलमा सात लाख ८७ हजार मूल्यको जग्गा रहेको र उक्त जग्गा मामाबाट आमाको नाममा र आमाको बाट आफ्नो नाममा आएको र अहिले छोराको नाममा भएको उल्लेख गरिएको छ ।

सञ्चारमन्त्री कार्कीको सुन भने १० तोला भएको उल्लेख गरेका छन् । उनले सुनको स्रोतमा आमा लेखेका छन् । कार्कीले बैंक तथा वित्तिय संस्थाको विवरणमा १४ लाख जति भएको उल्लेख गरिएको छ । तर, उक्त रकम पत्नीको तलब, जग्गा, भत्ता र छोराछोरीको भएको खुलाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.