अन्तराष्ट्रिय कार्यक्रममा सशस्त्र प्रहरीले गर्यो ड्रेसकोडको अवज्ञा
काठमाडौः सशस्त्र प्रहरी बलका महानिरिक्षक(आइजीपी) दुर्ज कुमार राई र सशस्त्र प्रहरी नायव महानिरिक्षक(डिआइजीपी) रामशरण पौडेलले मंसिर १० मा दक्षिणी सुडानमा भएको मेडल परेडमा सहभागी हुँदा गलत पोसाक लगाएर गम्भीर लापरवाही गरेको पाइएको छ ।
राष्ट्रसंघीय शान्ति पदक वितरण गर्न आयोजीत मेडल परेड कार्यक्रममा आइजीपी राई र डिआइजीपी पौडेलले रात्रिकालिन पोशाक ‘मेस्कीट' लगाएर सहभागी भएका हुन । दक्षिणी सुडानको जुवा र बोरमा सशस्त्रको फम्र्ड पुलिस युनिट तैनाथ छन् ।
विदेशीसमेत सहभागी हुने मेडल परेड जस्तो गरिमामय र मुलुकको इज्जत बढाउने समारोहमा आइजीपी र डीआइजीपीले लगाएको पोशाकको अहिले सशस्त्र प्रहरी मुख्यालयमा चर्को आलोचना भएको छ । आइजीपी राई र डिआइजीपी पौडेलले मेस्कीटमै ठुलो मेडलहरु लगाएका छन । मेडल परेडमा उपस्थित दुई कमाण्डर सहित अन्य सशस्त्र अधिृकतहरुले भने टियुनीक लगाएका थिए ।
सशस्त्र प्रहरी प्रवक्ता दिवाकर केसीले सरकारबाट स्वीकृत पोशाकनै आइजीपी र डीआइजीपीले लगाएको वताए । एउटै कार्यक्रममा उपस्थित दुइ कमाण्डार सहित अन्य अधिकृतले टियुनिक नै लगाएका छन नि भन्ने प्रश्नमा प्रवक्ता केसीले अन्पुर्णसँग भने, भर्खरै लागु भएको पोसाक हो । पोसाक तयार नभएकाले अरुले मेस्कीट नलगाएका होलान ।'
मेडल परेडमा सहभागी हुँदा मेस्कीट लगाएर आइजीपी राइले गम्भीर लापरवाही गरेको स्रोतले वताएको छ । मेस्कीट लगाउदा सानो आकारका मेडलहरु (मिनिएचर) प्रयोग गर्ने नियम छ । तर, राइ र पौडेलले मेस्कीटमै टियुनीक पोशाकमा लगाउने मेडल र टोपी समेत लगाएका छन ।
सशस्त्रको सोह्रौ बाषिकोत्सवको अवसरमा कात्तिक ११ गते साँझ आयोजित रात्रिभोजमा भने आइजीपी राइले मेस्कीट र उक्त पोसाकमा लगाइने मिनिएचर मेडल लगाएका थिए ।
‘मेस अर्थात भोज भतेरमा लगाएर जाने पोसाक हो मेस्कीट,' सशस्त्रका एक एआइजीले अन्नपुर्णसँग भने, ‘मेडल परेड जस्तो गरिमामय कार्यक्रममा मेस्कीट लगाउनु लापरवाही हो । त्यस्ता कार्यक्रममा टियुनिक लगाउनु पर्छ ।'
मेडल परेडमा सहभागी हुँदा मेस्कीट नलगाउन सशस्त्र प्रहरीका एक अधिकृतले अनुरोध गरे पनि आइजीपी राइले आफुलाई त्यही पोशाक मन परेको भन्दै लगाएको स्रोतले वताएको छ । सशस्त्रका मुख्यालयमा राइले संगठनको मर्यादाको समेत ख्याल नगरेको भन्दै आलोचना गरेका छन । आइजीपी राइले आइजीपी राइ र डिआइजीपी पौडेलले मेडल परेडमा सहभागी हुँदा सेरमोनियल टियुनिक (औपचारिक पोशाक) नलगाइ रात्रिकालिन पोशाक लगाएका हुन ।
मेस्कीटमा नेमप्लेट र टोपी नलगाउने नियम छ । सशस्त्रले बार्षिकोत्सवकै दिनबाट मेकस्कीट (रात्रिकालिन पोशाक) शुरु गरेको थियो । फौजीहरुले मेस्कीट प्रायजसो रात्रिभोजमा लगाउने गर्दछन । दक्षिणी सुडानमा रहेको दुईवटा फम्ड पुलिस युनिटको मंसिर १० मा मेडल परेड भएको थियो ।
कुनै निकायले मेस्कीट ड्रेस तोकेर नै रात्रिभोजमा बोलाउने नियम समेत रहेको छ । उक्त मेडल परेडमा दक्षिणी सुडान स्थित शान्ति मिसनका पुलिस कमिसनर लगायत विभिन्न मुलुकबाट सुडानमा तैनाथ भएका कन्टीन्जेन्ट कमाण्डरहरुको समेत सहभागी रहेको थियो ।
उक्त मेडल परेडमा ३ सय २० जना सशस्त्र प्रहरीलाई संयुक्त राष्ट्र संघिय शान्ति पदक वितरण गरिएको थियो । त्यस अवसरमा युनपोल मा कार्यरत नेपाल र सशसत्रका २२ जना प्रहरीलाइ समेत शान्ति पदक दिइएको थियो । उक्त मेडल परेड कार्यक्रममा महानिरक्षक राइ, गृहमन्त्रालयका तत्कालिन कर्मचारी प्रशासन प्रमुख यज्ञ कोइराला (हाल मोरङको सिडियो), सशस्त्र प्रहरी निरिक्षक विजय तुलाधर सहभागी थिए ।