आमाहरूले निकाले साङ्लाे जुलुस

आमाहरूले निकाले साङ्लाे जुलुस

भैरहवाः सरकारले प्रदेश टुक्र्याउन थालेकोप्रति आपत्ति जनाउँदै महिला सञ्जालका आमाहरूले बुधबार साङ्लो जुलुसमा निकालेका छन् । जनभावना विपरीतको प्रदेश नम्बर ५ का पहाडी जिल्लालाई अलग्याउन सदनमा दर्ता भएको संशोधन प्रस्ताव फिर्ता लिन दवाव लिन यस क्षेत्रमा दुई सातादेखि विभिन्न चरणका दबाबमुलक प्रदर्शन जारी छन् ।

संयुक्त संघर्ष समितिको समन्वयमा महिला सञ्जालको नेतृत्वमा आमाहरूले भैरहवाको बुद्धचोक, बुटवलको राजमार्ग चौराहा, सालझन्डी, सैनामैना र देवदहमा साङ्गले जुलुस निकालेर दिउँसो १ बजेदेखि २ बजेसम्म चक्काजाम गरेका हुन् ।

समितिले बिहीबार साँझ सिठीसहितको मसाल जुलुस प्रदर्शन गरी विरोध गर्ने र पुस १ गतेदेखि ३ गतेसम्म प्रदेश नम्बर ५ का सबै जिल्लामा आमहडताल गर्ने कार्यक्रम रहेको एमाले नेता एवं बुद्धिजीवी परिषद् सदस्य प्राध्यापक भरत पोख्रेलले जानकारी दिए ।

 

प्रधानमन्त्रीलाई माला र कैंची उपहार


गुल्मीः सरकारले व्यवस्थापिका संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोधमा बुधबार पन्धौँ दिन पनि आन्दोलन जारी राखेका छन् । आन्दोलनलाई महिलाले नेतृत्व गरेका थिए । महिलाहरूले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन खोज्दा प्रहरीले दमन गरेपछि केहीबेर प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको थियो ।

महिलाले ज्ञापनपत्रसहित नेपालको नक्सा र फूलको मालासँगै कैँची प्रधानमन्त्रीलाई उपहार पठाएका छन् । उनीहरूले एउटै मालामा उनिएर बसेका नेपालीलाई कैँचीले काटेजस्तै काट्ने दुश्प्रयासका विरुद्ध उपहार पठाएको बताएका छन् ।

आन्दोनमा सहभागी महिलाले दिनभर सरकार विरोधी नाराबाजी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेका छन् । सरकारले पन्ध्र दिन भइसक्दासमेत आन्दोलनको सुनावाइ नगरेपछि महिलाहरू आक्रोशित भएका थिए ।

गुल्मी मालेका समानुपातिक सांसद कमला विश्वकर्मासहित महिला नेतृ विष्णुकमारी सापकोटा, मैना भण्डारीलगायतले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगानामार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । बन्दका कारण जनजीवन कष्टपूर्ण बन्दै गएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.