नयाँ पुस्तालाई थकाउँदै अमर

नयाँ पुस्तालाई थकाउँदै अमर

डुम्रे तनहुः पुराना पुस्ताका चर्चित लोकदोहोरी गायक अमर विरही गुरुङ तेस्रो डुम्रे सांस्कृतिक तथा व्यापारिक महोत्सवमा नयाँ पुस्ताकी लोकगायिका अमृता लुंगेली मगरसँग भाकामै भिडे ।
ठिटालाई बारले छेकेको
तिम्रो लागि मै रहेछ लेखेको ...।

तनहुँ उद्योग वाणिज्य संघ, डुम्रे बजार एकाइको आयोजनामा शुक्रबारदेखि सुरु भएको महोत्सवमा दैनिक नयाँ पुस्ताका लोक, आधुनिक तथा पप गायकगायिका आउने क्रम चलेको छ । गृहनगर डुम्रे बजारमा आयोजित महोत्सवमा आउने सबै लोक गायिकालाई पुराना पुस्ताका अमर विरहीले यसैगरी साथ दिन्छन् ।

महोत्सवका संयोजक सुनील श्रेष्ठका अनुसार अहिलेसम्म लोकप्रिय गायक प्रमोद खरेल, शिव परियार, सुनिता केसी, मिलन लामा, माण्डवी त्रिपाठीलगायतका गायक, गायिका, नृत्यांगना अञ्जली अधिकारीलगायतका कलाकारले दर्शक, श्रोतालाई मनोरञ्जन दिएका छन् । पुस ४ गतेसम्म सञ्चालन हुने महोत्सवमा दिनदिनै नयाँनयाँ कलाकारले मनोरञ्जन गराउने श्रेष्ठले बताए ।

महोत्सवमा दिनहुँ चारदेखि पाँच हजार जनासम्म दर्शकको घुइँचो लाग्ने गरेको छ । महोत्सवको मुख्य आकर्षण नै यस क्षेत्रको लोकगीत, संगीत रहेको श्रेष्ठको भनाइ छ । ‘डुम्रे बजार लोकगीत, संगीतको खानी हो', उनी भन्छन्, ‘मेला, महोत्सव आयोजना गरी यस भेगको लोकगीतर संगीत क्षेत्रमा लाग्ने नवप्रतिभालाई मञ्च दिएर कलाकार बनाउने उद्देश्य छ ।'

सयभन्दा धेरै स्टलमा स्थानीय उत्पादनको प्रदर्शनी, बन्दीपुर कृषि तथा पशु अनुसन्धान केन्द्रको प्रदर्शनी तथा विभिन्न व्यापारिक प्रदर्शनी भइरहेको उनले बताए । महोत्सवमा विशेषगरी तनहुँ, गोरखा, लमजुङ, कास्की र चितवन जिल्लाबाट मानिस आउने गरेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.