मैले नारा लेखेको छैन
![मैले नारा लेखेको छैन](https://annapurnapost.prixacdn.net/media/albums/Ramgopal-Ashutosh1-58524afcce4e01.86620740_7umguE921M.jpg)
धेरै विधामा कलम चलाउनुहुन्छ, किताबचाहिँ कविताको मात्रै किन ?
कविता मेरो पहिलो प्रेम । ०५४ तिर प्रकाशनका लागि तयार ‘ऊ हत्यारा थिएन’ शीर्षक उपन्यासको पाण्डुलिपिमा आगो लाग्यो । त्यसपछि निबन्ध, कथा र लघुकथा लेखेको छु । दुई दर्जनजति छापिएका छन् । गीत, गजल धेरै लेखें । ०६०मा ‘आशुतोषका रहरहरू’ गजलसञ्चयन पनि प्रकाशित छ ।
तपाईंका कविता आम कविताभन्दा किन–के भिन्न छन् ?
म कला र शिल्पमा भिन्न छु । मेरो कविताको ‘इस्यु’ ‘कमन मेन’को हो । तर, मेरो संस्कार र संस्कृतिको कथा मूलभाषामा आएको थिएन । आफ्नै देशका भाषालाई छिःछि गर्ने परम्परा भएको देशमा त्यस जाति, भाषा र संस्कार अनि मिथकलाई कलात्मक र नयाँ विम्बले उनेको हुन्छु । मैले नारा लेखेको छैन ।
योजना गरेर पनि वर्षौं किताब प्रकाशन नभएको अनुभूति छ है तपाईंसँग ?
२०५२ ताका ‘आमा र देश’ शीर्षक कवितासञ्चयनको पाण्डुलिपिमा लागेको आगोले मलाई केही वर्ष कविता लेख्न दिएन । ०५४ पछि लेखेका कविता ०६२ सालमै प्रकाशनका लागि तयार थिए । जनआन्दोलनतिर लागियो, यत्तिकै भयो । त्यसैले ०७१ मा मात्रै प्रकाशन भयो ।
‘ईश्वर र फूलहरू’ कविता संग्रह प्रकाशनपछि पाएको अविस्मरणीय प्रतिक्रिया के हो ?
यो कृति समग्रमा किनाराको आवाज हो, दमित र आदिवासीको आवाज । यसमा नारा थिएन । कला, शिल्प, शैली र प्रस्तुतिको मौलिकताका कारण परम्परागत पाठकले मिश्रित प्रतिक्रिया दिए । मैले अरूले छाडेका विषयलाई उनेको थिएँ । मेरो भाषा र संस्कृति नपढेका तर विदेशी साहित्यमा पोख्त केही पाठकले ईश्वर वल्लभलाई समेत चुनौती दिँदै संग्रहमा दुई वटा मात्र कविता रहेको भन्दै ‘कविता लेख्न सिक अनि लेख’ भन्ने धम्कीसमेत दिए ।
अब तपाईंको कुन विधाको किताब कहिले आउँदैछ ?
तत्काल गजलसञ्चयन आउँदै छ, त्यसपछि कवितासञ्चयन । ०७५ सम्म उपन्यास आउँछ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)