एम्बेसीमा महिलालाई विशेष सुविधा

एम्बेसीमा महिलालाई विशेष सुविधा

काठमाडौँ : लाजिम्पाटको उकालोमा प्राइम लोकेसनमा रहेको छ, एम्बेसी रेस्टुरेन्ट एन्ड बार। पाँच वर्षअघि खोलिएको यो रेस्टुरेन्टमा स्वाद पारखीको घुइँचो लाग्ने गर्छ। सुन्दर बगैँचा रहेको यस रेस्टुरेन्टको सजावट पनि भव्य छ। ठूलो बार, फाइन डाइनिङ र हलको व्यवस्था यहाँ रहेको छ। रेस्टुरेन्टले ग्राहकको स्वादअनुसार स्वादिष्ट परिकार पस्किने गर्छ।

हरेक बिहान १० बजेदेखि राति १० बजेसम्म खुल्ने रेस्टुरेन्टले दिउँसो र साँझ अलग–अलग सेवा दिँदै आएको छ। बिहान ११ बजेदेखि ३ बजेसम्म ‘क्विक लन्च' अन्तर्गत सुलभ मूल्यमा छिटो खानेकुरा खान पाइने रेस्टुरेन्टका म्यानेजर राजु लामा बताउँछन्। ‘अफिस टाइममा कर्मचारी, व्यवसायी र युवायुवतीको भीड लाग्ने गर्छ,' म्यानेजर लामा भन्छन्, ‘त्यसैले दिउँसोको मेनु स्पेसल बनाएका छौँ।' ४ बजेदेखि ७ बजेसम्मको ‘ह्याप्पी आवर' मा पारिवारिक जमघट र अफिसियल मिटिङ बढी हुने उनी बताउँछन्।

एम्बेसीको मेनुमा आइटमको विविधता छ। इटालियन, चाइनिज, थाई, जापानिज, कन्टिनेन्टल, इन्डियन परिकारका साथै नेपाली परिकारको स्वाद पनि रेस्टुरेन्टमा चाख्न पाइन्छ। 'ग्राहकको स्वादलाई ध्यान दिएर हामीले विभिन्न परिकार आफ्नो मेनुमा समावेश गरेका छौँ,' म्यानेजर लामा भन्छन्। बुधबार, शुक्रबार र शनिबारका दिन लाइभ म्युजिकको व्यवस्था गरिएको छ।

'पूर्ण पारिवारिक रेस्टुरेन्ट भएकाले यहाँ बजाइने लाइभ म्युजिक धेरै सफ्ट खाले हुने गरेका छन्,' उनी भन्छन्। यसबाहेक रेस्टुरेन्टले बुधबार 'लेडिज नाइट' को आयोजना गर्ने गरेको छ। 'महिलालाई विशेष सुविधा दिइन्छ,' उनी भन्छन्, 'उठेको बिल रकममा छुटको सुविधा साथै अर्को विशेष कुपन दिन्छौँ। जसबाट एम्बेसीकै चेन रेस्टुरेन्टअन्तर्गत बाँसबारीस्थित ‘जेन बिस्ट्रो' तथा झम्सिखेलमा रहेको ‘टाम्रिन'मा गई खाँदा पनि थप छुट पाउने व्यवस्था मिलाएका छौं।'

स्वादिष्ट परिकार, उत्कृष्ट सेवाका साथै पार्किङको यथेष्ट सुविधा पनि रेस्टुरेन्टको विशेषता हो। ३० वर्ष लामो अनुभव सँगालेका सेफ रामप्रसाद प्याकुरेलले ग्राहकलाई मीठा–मीठा परिकार पस्कने गरेका छन्। 'यहाँ परिकारलाई परिमार्जित गर्दै लैजानुको साथै नयाँ–नयाँ स्वादका आइटम पस्किँदै जान्छौँ,' सेफ प्याकुरेल भन्छन्, 'रेस्टुरेन्टलाई उत्कृष्ट स्वादबाट चिनाउन दत्तचित्त भई लागेको छु।'

विभिन्न कार्यक्रम तथा सेमिनार आयोजनाका लागि पनि एम्बेसी राम्रो ठाउँ मानिँदै आएको छ। 'रेस्टुरेन्टले प्राइभेट इभेन्ट्समा बर्थ डे केक, एनिभर्सरी केकको साथै स्पेसल ड्रिंक्स पनि उपलब्ध गराउँदै आएको छ,' म्यानेजर लामा भन्छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.