संसद् दिवसमा नबोलाएको भन्दै सांसदहरु सभामुखसँग असन्तुष्ट

संसद् दिवसमा नबोलाएको भन्दै सांसदहरु सभामुखसँग असन्तुष्ट

काठमाडौं: संसद् सेवा दिवका अवसरमा आयोजित कार्यक्रममा आफूहरुलाई नबोलाएको भन्दै सांसद असन्तुष्ट बनेका छन्। सभामुख ओनसरी घर्तीमगरले आफ्नो विदेश भ्रमणका कारण दुई दिनपछि बिहीवार गर्न लगाएको औपचारिक कार्यक्रममा पूर्वसभामुख सुवास नेम्वाङ्गदेखि अन्य सांसदलाई बोलाइएको थिएन ।

संसद् सेवा दिवस मंसिर २८ गते मनाउने गरिए पनि सभामुख घर्ती विदेश भ्रमणमा रहेका कारण दुई दिनपछि मनाइएको हो । संसद् सचिवालय परिसर सिंहदरबारमा भएको कार्यक्रममा दलका प्रमुख सचेतक र केही समिति सभापतिलाई मात्र बोलाएको थियो।

‘मैले केही सांसदलाई संसद् दिवसको कार्यक्रममा जाउँ भन्दा आफूलाई नबोलाएको भन्दै सांसदसाथीहरु आउन मानेनन्,’ कार्यक्रममा कांग्रेस सचेतक ईश्वरी न्यौपानेले भनिन्,‘सांसद बिना संसद् रहन सक्दैन । अबदेखि यो कार्यक्रम संयुक्त रुपमा मनाउने गरौं ।’

संसद् सेवा दिवस सांसद् सचिवालय आफैले मनाउने गरेपनि संसद् दिवस भने आफैँ मनाउंदैन । पूर्वसांसद मञ्चलाई पैसा दिएर सचिवालयले संसद् दिवस मनाउने गरेको छ । ‘सांसद र संसद् सचिवालय भनेको एकै परिवारका सदस्य हौं,’ अर्थ समितिका सभापति एवम् एमाले नेता प्रकाश ज्वालाले भने, ‘सांसद र सचिवालयका कर्मचारी एक ठाउं बसेर यस्तो कार्यक्रम गर्न पाएको भए कति रमाइलो हुन्थ्यो ?’

सांसदलाई सहयोग गर्न बनेको सचिवालयले नै सांसदको उपेक्षा गरेर कार्यक्रम गरेको भन्दै विभिन्न दलका सांसदले असन्तुष्टि व्यक्त गरे । कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत दलका सांसद आ–आफ्नो दलको कार्यालयमा रहेपनि कार्यक्रममा सहभागी भएनन् ।

‘संसद् सेवा दिवसमा सांसदलाई नै नबोलाउने कुराले कर्मचारीतन्त्र कति परम्परावादी छ भन्ने थाहा हुन्छ,’ कांग्रेसका एक सांसदले भने, ‘कर्मचारीतन्त्र भन्दा पनि जननिर्वाचित सभामुखले त यस्तो विषयमा ख्याल गर्नुपर्ने हो नि !’

विगतमा पूर्वसभामुख नेम्वाङ्गले संसद् दिवसमा दलका नेतालाई बोलाएर कार्यक्रम गर्ने गर्थे । ‘राजनीतिक दलबीच तिक्तता र दूरी बढेका बेला सभामुखले प्रधानमन्त्रीदेखि सबै दलका शीर्ष नेतालाई एक ठाउं राखेर कार्यक्रम गरेको भए कति राम्रो सन्देश जान्थ्यो,’ एमालेका एक नेताले भने, ‘आफ्ना मान्छे र कार्यकर्तालाई संसदमा भर्ती गर्न भ्याइनभ्याई गर्ने सभामुखलाई यस्तोतर्फ के ध्यान जान्थ्यो ?’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.