स्टाइलिस जिन्स

स्टाइलिस जिन्स

सजिलो, स्टाइलिस र ग्ल्यामरस पहिरनका रूपमा परिचित छ जिन्स । रङमा विविधतामात्रै होइन; कपडाझैं नरम, स्ट्रेचेवलदेखि हार्ड जस्तोसुकै प्रकारका जिन्स पाइने हुनाले धेरैको रोजाइमा पर्छ यो । 'रफ' पहिरनका सोखिनलाई त जिन्स वरदान नै मानिन्छ, जुन अन्य कपडामा शोभायमान मानिँदैन । जिन्सको अर्को विशेषता हो 'टाइट फिटिङ' । यसले 'ब्युटी अफ बडी'लाई न्याय गर्छ । ग्ल्यामरस लुक दिन्छ । त्यसैले खानपान र व्यायामका माध्यमबाट सुन्दर एवं आकर्षक शरीर बनाउनेहरू जिन्सका बढी नै पारखी हुन्छन् ।

विश्वमा जस्तै नेपाली समाजमा पनि जिन्स बहार छाएको छ । गाउँदेखि सहरसम्म, हिमालदेखि तराईसम्म जिन्सका पहिरन चल्तीमा छ । केटाकेटी दुवैले बराबरी प्रयोग गर्ने सबभन्दा रुचाइएको पहिरनमा पर्छ जिन्स ।

आइरन लगाउनु नपर्ने, क्याजुअल र सेमी फर्मल दुवैमा प्रयोग हुनु जिन्सको राम्रो पक्ष मानिन्छ । काठमाडौंको सिनामंगलस्थित यस इन्टरनेसनल कलेजमा बीबीए बीआई (स्नातक) अध्ययनरत एलिजा भट्टराई जिन्सकी पारखी हुन् ।

'जिन्समा आकर्षक, स्टाइलिस र पर्सनालिटी पनि खुल्छ । लुक्स राम्रो देखिन्छ', एलिजाले भनिन्, 'मैले थाहा पाएदेखि नै जिन्स लगाउन थालेकी हुँ । हाइटी केटीहरूलाई जिन्सले झन् सुहाउँछ ।'

उनको अनुभवमा जिन्स पेन्ट लगाएर बस्दा अलि अप्ठ्यारो हुनुबाहेक अन्य बेफाइदा केही छैन । जिन्सका शिरदेखि पाउसम्म लगाउन मिल्ने सबै प्रकारका पहिरन बनेका छन् ।

एलिजाजस्तै अस्मिता बस्नेतलाई पनि जिन्सको पहिरन मन पर्छ । हालै आफ्नो ग्ल्यामरस फोटोसुट गराएकी उनले जिन्सको पहिरनमा फोटो लिन छुटाइनन् । 'बाहिर कतै जाँदा म प्रायः जिन्स पेन्ट लगाउँछु । 'जिन्स जति सजिलो र आरामदायी लाग्छ, व्यक्तित्व पनि त्यत्तिकै खुल्छ', अस्मिताले भनिन् ।

उनले पनि सानै उमेरदेखि जिन्स लगाउन थालेकी हुन् । उनी पनि घरमा बस्दा जिन्सका पहिरन खासै लगाउँदिनन् ।

कोरियोग्राफर रोजिन शाक्यको अनुभवमा मोडेलहरूको पहिलो रोजाइमा पर्छ जिन्सका पहिरन । 'फेसन सोमा जिन्स खासै नचले पनि लगाउन सजिलो, आरामदायी र स्टाइलिस हुने भएकाले दैनिक जीवनमा भने मोडेलहरू प्रायः जिन्स रुचाउँछन्', उनको भनाइ छ ।

कोरियोग्राफर शाक्य पनि जिन्सका पारखी हुन् । 'म ८० प्रतिशतभन्दा बढी जिन्स नै लगाउँछु । जिन्सको पेन्ट, कोट र सर्ट बढी मन पर्छ', उनले भने ।

जिन्स अहिले फेसनेबल सेलिब्रेटीको रोजाइमा परे पनि यसको इतिहास भने फरक छ । जिन्सका आविष्कारक ज्याकव डब्लु डेभिस हुन् । रुसमा जन्मेका अमेरिकी आप्रवासी डेभिसले अमेरिकी कपडा कारखाना 'लेभी स्ट्रउस एन्ड को'सँगको सहकार्यमा सन् १८७१ मा जिन्स आविष्कार गरेका हुन् । डेभिस र अमेरिकाका लेभी स्ट्रउसले सन् १८७३ मा यसलाई सफलताका साथ प्रयोगमा ल्याए ।

खासगरी गाई गोठालो र खनिजमा काम गर्ने कामदारका लागि खप्ने पहिरनका रुपमा जिन्सको आविष्कार गरिएको थियो । सन् १९५० को दशकमा कामदार टिनएजरमाझ जिन्स लोकप्रिय भयो ।

सन् १९६० को दशकदेखि हिप्पी (अमेरिका र बेलायतबाट सुरु भएको बिन्दास युवाहरूको अभियान)हरू पनि जिन्सका पारखी बने । जिन्सको लोकप्रियता एकपछि अर्को मुलुकमा चुलिँदै गयो । सन् १९७० को दशकमा जिन्स हेभी मेटल र पंक रक (फेसन, एक्स्प्रेसन, नृत्य, साहित्य, चलचित्र आदिको सम्मि श्रण) पाखरीमाझमा पनि छाउन पुग्यो ।

'ली' नामले समेत चिनिएको जिन्स आविष्कारपछि कहिल्यै छायाँमा परेन । सुरुमा कामदारका लागि भनेर आविष्कार गरिए पनि जिन्स हरेक वर्ग र समुदायमा लोकप्रिय बन्यो ।

सन् २०१० को दशकसम्म आइपुग्दा महिला, पुरुष, वृद्धवृद्धा, बालबालिका, धनी, गरिब सबैले जिन्सका परिहन प्रयोग गर्न थाले । अझ विभिन्न सेलिब्रेटीको समेत रोजाइमा परेपछि संसारमा जिन्सको परिहन फेसनको पर्याय बन्न पुग्यो ।

खासगरी क्याजुअल वेयरका रूपमा लिइने जिन्सको पहिरन नलगाउने सेलिब्रेटी विश्वमा सायदै होलान् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.