बैंसको प्रेममा भर हुन्न

बैंसको प्रेममा भर हुन्न

फेसन नगरीका रूपमा परिचित धरानमा रहेर अध्ययनसँगै मोडलिङलाई अँगालेकी एक चर्चित मोडेल हुन्, सरूपा थापामगर । धरानस्थित वीरेन्द्र मेमोरियल कलेजमा बीबीएस पहिलो वर्ष अध्ययनरत उनको लक्ष्य सफल नायिका बन्ने रहेको छ । आरजेका रूपमा समेत परिचित उनी धरानमा सञ्चालित विजयपुर एफएमकी कार्यक्रम प्रस्तोता पनि हुन् । पाँच फिट दुई इन्च अग्ली २१ वर्षीया सरूपा मिस मंगोल नेपाल २०१५ की फस्ट रनरअप हुन् । प्रतिभाशाली उनै मोडेल सरूपासँग रत्नप्रसाद आचार्यले गरेको कुराकानीः

अचेल केमा व्यस्त ?

बिहान ६ बजे कलेज जान्छु । कलेजबाट फर्केपछि रेडियो प्रस्तोताका रूपमा काम गर्छु । सामाजिक कार्यक्रममा भाग लिएर आफ्नो व्यक्तित्व विकासलाई पनि अगाडि बढाउने प्रयत्न गरिरहेकी छु ।

समाजमा कुन रूपमा चिनिन चाहनुहुन्छ ?

मोडलका रूपमा आफूलाई परिचित गराउन चाहन्छु । भविष्यको लक्ष्य त नायिका बन्ने हो । रेडियो प्रस्तोताका रूपमा काम गरिरहेकाले समाजले सञ्चारकर्मीका रूपमा चिन्ने गरेको छ तर समग्रमा म एक असल नारीका रूपमा स्थापित हुन चाहन्छु ।

मोडलिङमा लाग्ने सोच कसरी आयो ?

धरान फेसनेबल सहर भएकाले बेलाबेलामा हुने फेसन सोमा भाग लिएपछि मोडलिङ क्षेत्रमा रुचि बढ्यो । मलाई सानैदेखि सौन्दर्य प्रतियोगिताप्रति रुचि थियो । मिस मगर नेपाल २०१४ पछि मिस मंगोल नेपाल २०१५ मा सहभागी भई फस्ट रनरअप भएँ । यो उपलब्धिले मलाई यस क्षेत्रमा चिनायो ।

धरानमा बसेर मोडलिङ एवं अभिनयलाई अगाडि बढाउन सकिएला त ?

काम गर्न काठमाडौंमै बस्नुपर्छ भन्ने छैन । क्षमतावान् व्यक्तिले मोफसलमा बसेर पनि करिअरलाई स्थापित गर्न सक्छन् भन्ने मलाई लाग्छ । धरान अवसर भएको सहर पनि हो । त्यसैले यहीँ बसेर करिअर बनाउन सक्छु भनेर लागिपरेकी छु ।

यस क्षेत्रमा लागेर प्राप्त गरेको उपलब्धि ?

मलाई चिनाएको यही क्षेत्रले हो । आत्मविश्वास, व्यक्तित्व विकासमा धेरै सहयोग पुगेको छ जुन हरेक व्यक्तिका लागि आवश्यक छ । काम गर्ने अवसर पाएको छु, सामाजिक पहिचान बनेको छ ।

मोडलिङमा परिवारको साथ ?

परिवारको साथ नपाएको भए यो ठाउँसम्म आउन सक्ने थिइनँ । बुवाआमाले सपोर्ट गर्नुभएको छ । आफूले चाहेको क्षेत्रमा केही गर तर पढाइ नबिगार भनेर बेलाबेलामा बुवाआमाले सम्झाउनुहुन्छ । म पढाइमा पनि त्यत्तिकै मेहनत गरिरहेकी छु ।

तपाईंको बुझाइमा ग्ल्यामर के हो ?

फेसनेबल, सुन्दर र आकर्षक देखिनु नै ग्ल्यामर हो । ग्ल्यामरमा व्यक्तित्व झल्किन्छ । नयाँ पुस्ता ग्ल्यामरप्रति आकर्षित छन् र यो आवश्यक पनि छ ।

आफूलाई ग्ल्यामरस देखाउन के गर्नुहुन्छ ?

मेकअपमा ध्यान दिन्छु । शरीरलाई फिट एन्ड फाइन राख्छु । समयअनुसारका फेसनेबल एवं आफ्नो शरीरअनुसार सुहाउँदो पोसाकमा छोरी मान्छेको ग्ल्यामरस र सेक्सी छवि झल्किन्छ । म त्यसमा सचेत छु ।

ग्ल्यामर र अंग प्रदर्शनको सम्बन्ध ?

अंग प्रदर्शन फरक कुरा हो । अंग प्रदर्शन गरेर ग्ल्यामरस हुने पनि होइन । तर अहिले फेसनेबल र छोटो पहिरन लगायो भने अंग प्रदर्शन भन्छन्, त्योचाहिँ गलत हो ।

तपाईंलाई ग्ल्यामरस लाग्ने मोडेल र नायिका ?

नायिकामा नम्रता श्रेष्ठ र प्रियंका कार्की । मोडलमा आस्था पोखरेल ग्ल्यामरस लाग्छ । उहाँहरूको ड्रेसिङ सेन्स मन पर्छ ।

माया गर्छु भनेर केटाहरूले कत्तिको पछ्याउँछन् ?

भनेर साध्य छैन । फेसबुक, एसएमएसमार्फत कति धेरैले प्रेम प्रस्ताव राख्छन् भने मलाई दिक्क लागेर मोबाइल नम्बर नै परिवर्तन गरेकी छु ।

बाटो हिँड्दा केटाहरूले कत्तिको जिस्क्याउँछन् ?

जिस्क्याउँछन् । जिब्रो पड्काउँछन् तर त्यस्ता केटा देख्दा मलाई रिस उठ्छ ।

सपनाको राजकुमार कस्तो होस् भन्ने लाग्छ ?

जाँडरक्सी नखाने, पढेलेखेको, आफ्नो जिम्मेवारी बुझ्ने, इमानदार, मलाई माया गर्ने र जीवनभर साथ दिने होस् । सायद सबैको चाहना यस्तै हुन्छ होला ।

कसैसँग मायाप्रेम ?

दुई वर्षअगाडि एउटा केटासँग लभ परेको थियो तर उसको आचरण मन नपरेकाले छाडिदिए । बैंसको प्रेममा भावनाभन्दा आकर्षण बढी हुने भएकाले भर गर्न नसकिने रहेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.