संशोधन प्रस्ताव फिर्ता हुँदैनः प्रधानमन्त्री

संशोधन प्रस्ताव फिर्ता हुँदैनः प्रधानमन्त्री

पोखराः प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता नहुने बताएका छन् ।

प्रेस सेन्टर कास्कीले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले असन्तुष्ट प्रतिपक्ष एवम् आन्दोलनरत दलसँग छलफलका आधारमा परिमार्जन गरेर अघि बढ्न सकिने बताए ।

'सरकारले संशोधन प्रस्ताव सबैलाई सहमति हुने किसिमले ल्याएको हो, झन्डै चार महिना लगाएर संशोधन प्रस्ताव ल्याइएको हो,' प्रधानमन्त्रीले भने- 'प्रतिपक्ष, मधेसी मोर्चा, थारु, सङ्घीय गठबन्धनसँग धेरै छलफलपछि मात्र संशोधन प्रस्ताव ल्याइएको हो ।'

संशोधन प्रस्ताव अङ्गीकृतलाई राष्ट्रपति बनाउने, हिन्दी भाषालाई राष्ट्रभाषा बनाउने, देश विखण्डन गर्ने गरी ल्याउने प्रचार गरिए पनि नेपाली जनतालाई चोट पुर्‌याउने केही विषय त्यसमा नरहेको उनको भनाई छ ।

'सरकारले ल्याएको सीमाङ्कनको प्रस्ताव अहिलेको प्रतिपक्षले नै सत्तापक्ष भएका समयमा अघि सारेको प्रस्ताव हो,' प्रधानमन्त्रीले भने 'यसमा अस्पष्ट हुनुपर्ने छैन, प्रतिपक्षले विरोध गर्नुको औचित्य सिद्ध हुँदैन ।'

आफूले गर्दा राष्ट्रवादी हुने र अर्कोले गर्दा राष्ट्रघाती हुने भन्ने नहुने बताउँदै प्रधानमन्त्रीले समस्या समाधानका लागि सरकारका तर्फबाट छलफललाई अघि बढाएको दाबी गरे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.