धादिङमा जिप दुर्घटनाः चालकसहित तीनजनाको मृत्यु

धादिङमा जिप दुर्घटनाः चालकसहित तीनजनाको मृत्यु

धादिङः पृथ्वी राजमार्गको नौबिसे मुग्लिन सडकखण्ड अन्तर्गत भुमेस्थान ६ कोइरालेमा स्कार्पियो जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

मुग्लिनबाट काठमाडांै जाँदै गरेको ग २ च ४५७२ नम्बरको जिप सडकबाट अन्दाजी एक सय मिटर तल खसेर दुर्घटना भएको हो । शुक्रबार बिहान ३ बजेतिर भएको दुर्घटनामा परि चालकसहित एक महिला र एक पुरुषको घटनास्थलमै मृत्यु भएको बैरेनी प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुुनेमा लमजुङ गाउँसहर–६ निवासी २५ वर्षीय माधव धिताल, बेंसिसहर– १४ निवासी ३१ वर्षीय विष्णुबहादुर रावतको सनाखत भएको छ । जिपमा सवार अन्दाजी ४५ बर्षीया हरियो सुरुवाल, रातो कुर्ता र कालो ज्याकेट लगाएकी महिलाको भने सनाखत हुन सकेको प्रहरीले बताएको छ ।

तीव्र गतिका कारण जिप सडकबाट खसेको घटनास्थलमा पुगेका प्रहरीचौकी बैरेनीका इन्चार्ज सुरेन्द्रकुमार शाहले जानकारी दिए । उनले भने, ‘घटनास्थलको प्रकृति हेर्दा जिप तीव्र गतिमा रहेको र चालक निदाएर सडकबाट तल खसेको हुनसक्छ ।’

मृतकका शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ केन्द्र गजुरीमा राखिएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.