‘कमेडीलाई गरिमामयी बनायौं’

‘कमेडीलाई गरिमामयी बनायौं’

२०२२ सालमा रेडियो नेपालको ‘जीवन दगुः’ भन्ने नेवारी कार्यक्रमा मेरो बुबाले लेखेको नेवारी गीत गाएर कला–यात्रामा प्रवेश गरेँ । ०२३ सालमा रेडियो नेपालबाट ‘भ्वाइस टेस्ट’ पास गरेँ । ०२६ सालमा झोछेंको प्रकाश पुस्तकालयले आयोजना गरेको गायन प्रतिस्पर्धामा २९ जनालाई उछिनेर पहिलो भएँ । त्यतिबेला राइजिङ नेपालमा नाम छापिँदा निकै खुशी लागेको थियो ।

पछि मलाई ‘साइनासाइटिस’ भएर गाउन गाह्रो भयो । त्यसपछि कार्यक्रमहरूमा म जोक भनेर हँसाउने गर्न थालेँ । ०२८ सालमा ‘मुना सः’ (आवाजको जमघट) भन्ने संस्था स्थापना गरेर ‘कमिक कम्पिटिसन’ नै गर्न थाल्यौं । कार्यक्रमको बीचमा गीत पनि घुसाउँथ्यौं । प्रेमध्वज प्रधान, योगेश बैद्य, नारायणगोपाललगायतले कार्यक्रममा गीत गाइदिनुभयो । त्यसै क्रममा मैले नगेन्द्र हाडालाई पनि गीत गाइदिन अनुरोध गरेँ ।

तर उहाँलाई सन्चो रहेनछ । भन्नुभयो, ‘मलाई रुघा लागिरहेको छ । बरू मैले लेखेको एउटा गीत त तिमीले गाउ न । तिम्रो क्यारिकेचर सुनेको थिएँ । यो गीत तिमीले गाउन सक्छौ ।’ मलाई पनि गीत चाहिरहेको थियो । मैले उहाँको गीत ‘मरू गनेद्योया गजु मरू, जि छम्हेसिया आतक कला मरू’ अर्थात मरुगणेशको गजूर छैन, यो उमेरमा पनि मेरा श्रीमती छैन भन्ने गीत गाएँ । त्यो गीतमा संस्कृति र रमाइलोपन दुवै थियो । त्यो गीत निकै चर्चित भयो ।

धेरैले मरुगणेशको गजूर छैन भन्ने त्यही गीतबाट थाहा पाएका थिए । म त्यही गीतबाट ‘क्लिक’ भएँ र हास्य क्षेत्रमा सक्रिय भएँ । त्यसैले म हास्यव्यंग्य क्षेत्रमा लाग्नुको श्रेय नगेन्द्र दाइलाई पनि दिन्छु । पञ्चायतकालमा कमेडी गर्नु लरतरो काममा पर्दैनथ्यो । तर, हामी नेवारी भाषामा कार्यक्रम गर्ने भएकाले केही सजिलो भने थियो । नेवारबाहेक अरूले बुझ्दैनथे, अनुसन्धानका लागि सरकारी कार्यालयबाट मान्छे पठाउँथे ।

तर भाषा नबुझेर फर्कन्थे । नेवारहरूलाई पठाउँदा केही भनिदिँदैनथे, आफ्नो भाषाको पक्षमा हुन्थे । हरिवंश र मैले कार्यक्रम सँगै गर्न थालेपछि हामी धेरै व्यस्त भयौं । विभिन्न संस्थाले कार्यक्रम गर्थे र हामीलाई बोलाउँथे । तर, पारिश्रमिकको कुराचाहिँ हुँदैनथ्यो । पैसाको कुरा ग¥यो भने कुनै पाप नै गरेको हो कि जस्तो गरिन्थ्यो ।

हाम्रो रेट नै पाँच हजार हुन थाल्यो। हामी महँगा कलाकार हुन थाल्यौं। नेपालमा कला क्षेत्रलाई व्यावसायिक बनाउने काम हामीले नै सुरुवात ग¥यौं भन्दा गर्व लाग्छ।

तर लायन्स क्लब, इन्द्रचोकको कार्यक्रममा चाहिँ हामीलाई भनियो, ‘तपाईंहरू धेरै ठाउँका कार्यक्रम गर्नुहुन्छ । गाह्रो छ । तपाईंहरूलाई हामी पारिश्रमिक पनि दिन्छौं, पाँच सय ।’ पारिश्रमिकको कुरा सुनेर हामी छक्कै प¥यौं । अढाई–अढाई सय रुपैयाँ पाउने भइयो । त्यो बेलामा त्यति पैसा भनेको धेरै पनि होइन, तर थोरै पनि थिएन । त्यसपछि बालमन्दिरको कार्यक्रममा बोलाएर हजार रुपैयाँ दिए ।

लगत्तै एभिएम स्कुलले कार्यक्रममा बोलायो । त्यहाँ सोधियो, ‘तपाईंहरूलाई बालमन्दिरले कति दियो ? पाँच हजार ?’ पाँच हजार सुन्नेबित्तिकै हाम्रो बोली बन्द भयो । ‘हँ, अँ अँ’ गर्‌यौं । त्यहाँ तीन शो भएको थियो, १५ हजार पायौं । त्यति पैसा पाउँदा त हामीलाई कसरी गन्ने होला भन्ने चिन्ता भयो । त्यसपछि हाम्रो रेट नै पाँच हजार हुन थाल्यो । हामी महँगा कलाकार हुन थाल्यौं ।

त्यतिबेला नारायणगोपालले पनि पारिश्रमिक लिनुहुन्नथ्यो । एकपटक सोध्नुभयो, ‘तिमीहरू पारिश्रमिक लिन्छौ रे हो ?’ । ‘हो दाइ’, हामीले भन्यौं । त्यसपछि उहाँले पनि पारिश्रमिक लिन थाल्नुभयो । यसरी नेपालमा कला क्षेत्रलाई व्यावसायिक बनाउने काम हामीले नै सुरुवात गर्‌यौं भन्दा गर्व लाग्छ ।
हामीलाई धेरै कार्यक्रममा बोलाउँथे । अफिसबाट भागेर जानुपथ्र्यो ।

थाहा पाएपछि स्पष्टीकरण मागिन्थ्यो । यस्तो हुन थाल्यो कि खाजा खाने ठाउँमा पैसा तिर्न भनेर गोजीमा हात हाल्दा पनि स्पष्टीकरणको कागज नै आउँथ्यो । दराज, ड्रअर सबैतिर स्पष्टीकरणकै कागज हुन्थ्यो । हामीले बनाएको ‘विज्ञापन’ नाटक देखाउने क्रममा हामी धनकुटा पुगेका थियौं, खबर आयो, हरिवंशको जागिर गयो भन्ने । राष्ट्र बैंकमा उनको जागिर अस्थायी थियो । खोसिएछ । त्यसपछि मैले पनि जागिर छोड्ने अठोट गरेँ ।

काठमाडौं आएर राजीनामा दिएँ र पुतलीसडकमा कोठा लिएर अफिस सुरु गर्‌यौं । पछि माइतीघरमा सार्‌यौं । माइतीघरमा अफिस हुँदा ‘सुरसुधा’का सुरेन्द्र श्रेष्ठ आएका थिए । उनी छक्कै परेर भने, ‘आर्ट फिल्डमा पनि यसरी अफिस खोलेर काम गर्न सकिँदो रहेछ ।’ त्यतिबेला ‘आर्ट फिल्ड’ गएगुज्रेको क्षेत्रमा पथ्र्यो । त्यो पनि हास्यव्यंग्य क्षेत्र त निकै तल्लो स्तरको मानिन्थ्यो । त्यो स्तरको कमेडीलाई गरिमामय हामीले बनायौं भन्दा फरक नपर्ला ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.