शैक्षिक आन्दोलन

शैक्षिक आन्दोलन

शैक्षिक आन्दोलनबारे चर्चा गर्नु रसिलो हुन सक्ला तर शैक्षिक आन्दोलनको परिभाषा गर्न सजिलो हुन्न । शिक्षा केलाई भन्ने हो, भन्नै सबैभन्दा गाह्रो काम हो । जसरी समाज के हो भन्न सजिलो छैन त्यसरी नै शिक्षा यही हो भन्न पनि सजिलो छैन । समाज यही हो भन्न कठिन पर्छ किनकिी मानिस यही हो भन्न कठिन छ ।

समाज मानिसहरूको पुञ्ज हो । मानिसहरू एकआपसमा अलग छन् । तिनीहरू एकदेखि अर्कोमा फरक छन् । रूपमा फरक, रङमा फरक आचारमा फरक, विचारमा फरक मानिस मानिसै–मानिसमा फरक छन् । रूप, रंग, आचार, विचारमा फरक भएर पनि सबै मानिस आफूलाई नै मानिस देख्ने गर्छन् । मानिसले आफूलाई नै मानिस देख्नसक्ने क्षमता भित्रबाटै शिक्षाको आँकुरी पलायो ।

मानिस आफूलाई मानिस भन्नसक्ने क्षमता नपलाएको भए शिक्षा शब्द नै सायद संरचना नहुँदो हो । परन्तु आफूलाई मानिस ठान्नुको पनि सीमा हुन्छ । आफूलाई मात्र मानिस ठान्नसक्ने प्रवृत्ति चुलिँदै गए मानिसभित्रको मानिसले अर्कै आकार लिन थाल्छ । आफैंमात्र मानिस अरू कोही न कोही भन्ने धारणाले मानिसलाई दुर्योधन, कंश, रावण, मुसोलिनी र हिटलर बनाउनसक्छ । यस्ता प्रवृत्तिले मानिसमा हावी धावा बोल्न भने छाडेको छैन ।

शिक्षाको परिभाषा समाजसापेक्ष हुन्छ । शिक्षाको स्वरूप देशसापेक्ष हुन्छ । शिक्षाको स्तर मानिस सापेक्ष हुन्छ । त्यसैले शिक्षानीति समाज, राष्ट्र र मनुष्यसापेक्ष हुनुपर्छ । मानिसहरूको पुञ्ज नै समाज भएकाले समाज बनाउन शिक्षा चाहिएको हुन्छ । मानिसहरूकै चेतना–तह उठाउन शिक्षा चाहिने हुँदा शिक्षानीति समाज र नागरिक चेतना–तह नभई हुन्न । मानिस र समाज नै देशको आधा हुनाले देश बनाउन सबैभन्दा पहिले नागरिक बनाउनुपर्ने हुन्छ । नागरिक बनाउन सके नै समाज बन्छ । समाज बन्न सके नै राष्ट्र बन्छ ।

एकपटक तान्जानियाका पूर्वराष्ट्रपति जुलियस नाइरेरेले भनेका थिए, ‘तपाईंले सबभन्दा पहिले मानिसलाई मानिस बनाउनुस् । मानिसले नै अरू सबै बनाउँछन् ।’ मानिसलाई मानिस बनाउनु भनेको मानिस विवेकशील बनाउनु हो । मानिस मानिसमा विवेकको स्रोत छ । परन्तु विवेकको स्रोत मानिसभित्र लुकेको हुन्छ, दबिरहेको हुन्छ । लुके, दबेको विवेकलाई विस्तारै उकास्ने प्रयास हुनुपर्छ । विवेकलाई उकास्ने माध्यम– शिक्षा, यसमा शंका रहन्न ।

आफैंभित्र लुुकिरहेको विवेकलाई विस्तारै उकास्ने प्रक्रिया चाल्न सकिन्छ । विवेकलाई उकास्ने प्रक्रिया शिक्षा हो । विवेक उकास्ने प्रक्रिया अनेक छन् । यो प्रक्रिया सदा एकनास रहन सक्दैन । मानिस युगअनुसार बदलिन्छ । अथवा युगले मानिसलाई बदलिदिन्छ ।

युगले मानिसलाई बदलिदिन्छ । युगअनुसार मानिस बदलिन्छ । मानिसले विवेकलाई प्रयोग गर्छ । विवेकको प्रयोगबाट युग प्रभावित हुन्छ । विवेकको प्रयोग गरी मानिसले नयाँ आविष्कार गर्छ । उनकै आविष्कारले उनका सहकर्मी बन्धुहरू प्रभावित हुन थाल्छन् ।

नयाँ आविष्कारको प्रभावले गर्दा मानिसको सोचाइ, गराइहरूमा अन्तर आउन थाल्छ । मानिस बदलिन्छ । मानिस बदलेपछि समाज बदलिन्छ । समाज बदलेपछि राष्ट्र पनि बदलिन्छ । राष्ट्रराष्ट्रका समाजका सामूहिक प्रयासले युग बदलिन्छ, परिवर्तन हुन्छ ।

आफूलाई मानिस ठान्नुको पनि सीमा हुन्छ । आफूलाई मात्र मानिस ठान्नसक्ने प्रवृत्ति चुलिँदै गए मानिसभित्रको मानिसले अर्कै आकार लिन थाल्छ । आफैंमात्र मानिस अरू कोही न कोही भन्ने धारणाले मानिसलाई दुर्योधन, कंश, रावण, मुसोलिनी र हिटलर बनाउनसक्छ ।

परन्तु, शिक्षाको काम बदल्नुमात्र होइन । शिक्षाको मर्म मानिसको मूल्य र अस्मितालाई जोगाउनु हो । अहिले हामी बदलिन त बदलिएका छौं तर कति स्वस्थ रूपमा बदलिएका छौं, भन्न सजिलो छैन । बदलिनुको मर्म रूपान्तर हुनु होइन । बदलिनुको अर्थ एकलाई छोडेर अर्कोलाई ग्रहण गर्नु होइन । बदलिनुको रहस्य मूल्य नै हराएर बिक्नु होइन ।

अहिले हामीले मानिसको मूल्य हराएका छौं । अहिले मानिसले मानिसको चरित्र हराएको छ । मूल्यको चरित्र निर्धारण गर्छ । चरित्रले मूल्यलाई जोगाउने गर्छ । मूल्यबिना चरित्र बन्दैन । चरित्रबिना मूल्य बाँच्दैन । मूल्य र चरित्र, चरित्र र मूल्य आपसमा ऐक्यबद्ध छन् ।

मूल्यबिनाको चरित्र अन्धविश्वासको पात्र बन्छ । चरित्रबिनाको मूल्य मृत सन्देश बन्छ । हामीलाई अन्ध पात्र चाहिएको छैन । हामीलाई मृत सन्देश पनि चाहिएको हुन्न । मूल्यबिनाको चरित्र भन्नु अचेलभरिका हामी हौं । तपाईंहामी चरित्र त हौं तर मूल्यबिनाका । पावन नदीको प्रवाहलाई नारकीय भलमा परिणत गरेर हामीले जीवनको स्वस्थ मूल्यलाई प्रदूषण गरेका छौं । स्वस्थ जीवनको परिवेशलाई प्रदूषण गरेर हामीले बाँच्नुको मूल्यमा ह्रास थुपारेका छौं । नैतिक आचरणमुखी शैक्षिक मन्त्रणा छैन । शिक्षा नीतिका पुजारी हौं ।

समय मौसमी छ । एक वर्षमा नेपालमा ६ ऋतु छन् । यो ६ ऋतु हाम्रै मौसमअनुसार छन् । तर, हामी नेपाली मौसमलाई बुझ्दैनौं । हामी पाश्चात्य मुलुकको चार मौसमलाई मात्र जान्दछौं । पाश्चात्य मौसम पाश्चात्य भौगोलिक पर्यावरणअनुसार छन् । नेपाली मौसम नेपालकै भौगोलिक पर्यावरणअनुसार छन् ।

पाश्चात्य भूगोलशास्त्री र खगोलशास्त्रीहरूले पाश्चात्य मौसमी ऋतु प्रतिपादन गर्दा नेपाली भौगोलिक पर्यावरण जानेकै थिएनन् । नेपाली भूगोलशास्त्रीहरूले नेपाली भूगोल अनुकूलको पर्यावरण अध्ययन गरी ६ मौसमी ऋतुको मूल्य प्रतिपादन गर्दा पाश्चात्य भौगोलिक पर्यावरण बुझेकै थिएनन् । हामी दुई गोलार्धमा विभाजित थियौं । विज्ञानले त्यो विभाजन हटाएको छ अहिले । दुवै गोलार्धबीच साझेदारी शिक्षा चाहिन्छ ।

हामी भने अचेल भाउ न साउ उसै खाउको स्थितिमा अवरण हुन पुगेका छौं । यो स्वस्थ परिवर्तन हो कि अवश्य तपाईंहामीहरूले नै निक्र्योल गर्नुपर्छ । यसैले मूल्य र चरित्रको सन्दर्भ स्पष्ट पार्छ । संसार एकै पृथ्वीको डल्लो भएर पनि यसका महाद्वीप र मुलुकहरूको अवस्थिति फरक छन् ।

फरक अवस्थितिमा सबैको मूल्य पनि फरक हुन सक्छन् । यो शाश्वत सत्यलाई बिथोलिन थालिएर अब हामी मूल्यहीन चरित्र बन्न पुगेका छौं । चरित्र बनाउन मूल्य चाहिन्छ । मूल्यबिनाको चरित्र बितन्डावादी हुन्छ । समाज र राष्ट्रहरूमा अचाक्ली बिभत्सता व्याप्त हुनु बितन्डा र मूल्यहीन चरित्रकै फल बनेको छ । हामी त्यसैले नेपालभन्दा परजीवी बन्न थालेका छौं ।

मनुष्य, समाज र राष्ट्र हाम्रो मानव ग्रहकै संरक्षण र पुनःसंरचना गर्न शैक्षिक आन्दोलनको महत्व रहन्छ । शैक्षिक आन्दोलन स्व–ब्रह्म स्फुरण गर्न चलाइनुपर्छ । शैक्षिक आन्दोलनमात्र बाह्रखरी चिनाउने अभियानमा सीमाबद्ध हुनु हुन्न ।

बाह्रखरी चिनाउने धिपधिपे बत्तीको उज्यालोमा दिइने प्रौढ शिक्षाबाट विग्रह पैदा गराइनु हुन्न । मनको दियो बाल्ने प्रौढ शिक्षाको मूल्य हुनुपर्छ । यसै मूल्यभित्रबाट चरित्र निर्माण हुनसक्ने अभियान चल्न चालिनुपर्छ । शैक्षिक वातावरण बनाउन मूल्यगत धारणा बन्नुपर्छ ।

यस्तो मूल्यगत धारणाको बीउ रोप्ने काम हाम्रो समाजमा कतिपय नेतृत्वबाहेक तहदेखि थालनी गर्नुपर्ने अवस्था छ । नेतृत्वबाहेक तह राजनीतिक, सामाजिक, शैक्षिक, सांस्कृतिक, आर्थिक, औद्योगिक जे पनि हुनसक्छ । नेतृत्वबाहेक समाजको स्तर उकास्न सके नै उनको माध्यमबाट साधारण नागरिक पनि सचेत हुनसक्ने अवस्था उघ्रन्छ ।

यस्तो शैक्षिक आन्दोलन थालनी गर्न खास कार्यक्रम बनाई अगाडि सर्ने बेला आएको छ । गतिलो शैक्षिक आन्दोलनकै अभावमा हामी घर न घाटका बनी विग्रह नै विग्रहदेखि थिचिएका छौं ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.