'अब प्रतिभा लुकाएर बस्नु पर्दैन'

'अब प्रतिभा लुकाएर बस्नु पर्दैन'

काठमाडौं मूलपानी निवासी २० वर्षीया श्रीया हमाल मिस नेसनल नेपाल २०१३ की विजेता हुन् । पाँच फिट चार इन्च अग्ली उनले केही म्युजिक भिडियोमा मोडलिङ गरेकी छन् । भविष्यमा सफल व्यवसायी बन्ने लक्ष्य लिएकी श्रीया ग्ल्यामर क्षेत्रप्रति पनि त्यत्तिकै रुचि राख्छिन् । चलचित्रमा अभिनय गर्ने चाहना पनि पालेकी उनी पछिल्लो समय इभेन्ट म्यानेजर, एमसीका रूपमा कार्यरत छिन् ।

ग्ल्यामर क्षेत्रतिर कसरी आकर्षित हुनुभयो ?

मिस नेसनल नेपालको विजेता बनेपछि केही अवसर पाएँ । त्यसले यो क्षेत्रतिर म झन् आकर्षित भएँ ।

यस क्षेत्रका अप्ठ्यारा पक्ष के लाग्यो ?

बुझेर आयो भने सजिलै छ । नत्र यो क्षेत्रबाट अगाडि बढ्न, समाजमा चिनिन गाह्रो छ ।

यसबीचमा प्राप्त उपलब्धि ?

आत्मविश्वास एवं व्यक्तित्व विकास बढेको छ । अहिले म मासका अगाडि बोल्न सक्छु, आफूमा भएको प्रतिभा लुकाएर बस्नु पर्दैन ।

ग्ल्यामर क्षेत्रमा परिवारको साथ ?

म जुन स्थानमा छु, परिवारको साथले नै हो ।

चलचित्रमा डेब्यु गर्ने मौका पाउनुभयो भने कोसँग अभिनय गर्न चाहनुहुन्छ ?

अनमोल केसी । हाम्रो उमेर पनि मिल्छ र मलाई मन पर्ने कलाकार पनि हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.