पपुवा न्युगिनियामा ७.९ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
अष्ट्रेलिया: पपुवा न्युगिनिमा शनिबार ७.९ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ विज्ञान विभाग (युएसजिएस)ले जनाएको छ ।
स्थानीय समयअनुसार शनिबार साँझ .५१ मिनेटको समयमा गएको भूकम्पको न्यू आइरल्याण्डको तरोन क्षेत्रबाट करिब ६० किलोमिटर पूर्वमा ७५ किलोमिटर गहिराइमा केन्द्रबिन्दु रहेको युएसजिएसले जनाएको छ ।
प्यासिफिक सुनामी चेतावनी केन्द्रले भूकम्पका कारण पपुवा न्युगिनी, इन्डोनेसिया, नाउरु र सोलोमन द्वीपमा भयानक सुनामी आउनसक्ने चेतावनी दिएको छ ।
न्यूजल्याण्डको नागरिक रक्षा मन्त्रालयले पनि पपुवा न्यूगिनी, इन्डोनेसिया, ताडरु र सरेलोमन लगायतका प्रशान्त महासागरको तटमा रहेका सम्पूर्ण क्षेत्रमा सुनामी आउनसक्ने भनी सतर्क रहन आग्रह गरेको छ ।
सुरुमा भूकम्पको धक्का ८ म्याग्निच्युड भएको बताइए पनि पछि यसलाई संशोधन गरी ७.९ म्याग्निच्युड भएको जनाइएको छ ।
यस क्षेत्रमा रहेका अव्यवस्थित बस्ती तथा घरहरुका कारण भूकम्पका कारण केही मानिस भुकम्पका कारण प्रभाभित भएका र भौतिक संरचनामा क्षति भएको हुनसक्ने युएसजिएसले बताए पनि विस्तृत विवरण समाचार तयार पार्दासम्म प्राप्त भएको छैन । एजेन्सी