राप्रपाको मध्यमाञ्चल क्षेत्रीय भेला भक्तपुरमा

राप्रपाको मध्यमाञ्चल क्षेत्रीय भेला भक्तपुरमा

काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टीले यही पुस ६ गते मध्यमाञ्चल क्षेत्रीय भेला भक्तपुरमा गर्ने भएको छ ।

राप्रपा तथा राप्रपा नेपालको एकीकरणपछि तत्कालीन पाँचै विकास क्षेत्रमा क्षेत्रीय बैठक तथा आमासभा गर्ने निर्णयानुसार  भेला गर्न लागिएको पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए। भेलामा पार्टी पदाधिकारी, केन्द्रीय सदस्य र मध्यमाञ्चलमा रहेका १९ जिल्ला अध्यक्षको सहभागितामा पार्टी अध्यक्षले प्रस्तुत गर्ने राजनीतिक प्रस्तावमा छलफल गरी मुलुकको समसामयिक राजनीतिक विषयवस्तुमा दलले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा रणनीति तथा दृष्टिकोण पारित गरिनेछ ।

सोही बैठकमा जिल्ला तहमा भइरहेको एकीकरण तथा विवादका बारेमा तयार गरिएका प्रतिवेदनमाथि छलफल गरी समस्या भएका स्थानमा समाधानका उपाय खोजिने छ । यही पुस १४ गते भक्तपुरमा क्षेत्रीय सभासमेत गरिनेछ ।
पश्चिमाञ्चल क्षेत्रमा गत मङ्सिर ३० गते भेला सम्पन्न गरिएको छ । यही पुस १८ गते सुदूरपश्चिमाञ्चल, पूर्वाञ्चलमा पुस ८ गते र मध्य पश्चिमाञ्चमा पुस २० गते क्षेत्रीय भेला गरिने बताइएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.