म्याग्दीका ८० विद्यालयमा २० जनाभन्दा कम विद्यार्थी

म्याग्दीका ८० विद्यालयमा २० जनाभन्दा कम विद्यार्थी

बाबियाचौर: म्याग्दीका ८० वटा सामुदायिक विद्यालयको प्रावि तहमा २० जनाभन्दा कम विद्यार्थी सङ्ख्या रहेको छ । विद्यार्थी सङ्ख्या घट्दै गएपछि विद्यालयको अस्तित्व सङ्कटमा परेको छ।

विद्यार्थी सङ्ख्या, सेवा क्षेत्रको दूरी र भौतिक पूर्वाधारका आधारमा सङ्कटग्रस्त अवस्थाका विद्यालय गाभ्ने नीति रहे पनि भौगोलिक अवस्थितिले कार्यान्वयन भएको छैन। म्याग्दीका एक दर्जन बढी विद्यालय गाभिए पनि अझै ८० विद्यालयमा विद्यार्थी सङ्ख्या ज्यादै न्यून रहेको जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले बताए। जिल्लाभर सामुदायिक विद्यालयको सङ्ख्या २ सय ३३ छ।

तीन कक्षासम्म सञ्चालित राम्चेको थावनस्थित शान्ति कालिका प्राविमा तीन विद्यार्थीका लागि एक शिक्षक छन्। त्यस्तै राम्चेको महभिरमा रहेको चन्द्र प्राविमा छ विद्यार्थीका लागि तीन शिक्षक र नारच्याङको धौलागिरि प्राविमा सात विद्यार्थीका लागि राहतसहित तीन शिक्षक छन्।

बसाइँ सराइको बढ्दो दरले ग्रामीण भेगका बस्ती रित्तिँदै गएपछि सामुदायिक विद्यालयमा विद्यार्थी अभाव भएको हो। वैदेशिक रोजगारीले गाउँलेको आयस्तरमा वृद्धि भएपछि सहरतिर बसाइँ सर्नेको ताँती छ। त्यसको प्रत्यक्ष असर विद्यालयमा परेको छ। यतिमात्र होइन गाउँका विद्यालयमा शिक्षक दरबन्दीसमेत पर्याप्त छैन।

दरबन्दी नहुँदा स्थानीय चन्दा उठाएरै विद्यालय सञ्चालन गर्न बाध्य छन्। जिल्ला शिक्षा कार्यालयका अनुसार म्याग्दीको २० विद्यालयको मावि तह, १९ को आधारभूत तह र नौवटा प्रावि तह दरबन्दीविहीन छन्। स्थानीय स्रोतबाट सञ्चालित सामुदायिक विद्यालयमा अङ्ग्रेजी, गणित र विज्ञानका विषयगत शिक्षकको अभाव छ।

चार वर्षदेखि जिल्ला शिक्षा समितिले पूर्णता पाउन सकेको छैन। नौ सदस्यीय समितिमा हाल प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी र जिशिअमात्र रहेका छन्। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.