राैतहटका विपन्न परिवारलार्इ कम्बल वितरण

राैतहटका विपन्न परिवारलार्इ कम्बल वितरण

काठमाडाैं: आशा फाउण्डेसन काठमाडाैंले रौतहटको जुडिवेला र सन्तपुरमा गरीव तथा विपन्न परिवारलाई कम्बल वितरण गरेको छ।

फाउण्डेसनका संस्थापक आशा लामा, दिल निसानी मगरसहितको टोलीले चन्द्रपुर नगरपालिका-६ मा रहेको मुसहर बस्तीमा ६५ थान कम्बल वितरण गरेको छ। कम्बल वितरण कार्यक्रमपछि सितलहरबाट पीडित भएका गरीव,विपन्न,असहाय तथा महिलाहरुलाई घरमै आएर सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

यसैगरी सन्तपुरको वडा कार्यालयमा ९५ थान कम्बल वितरण गरिएको छ। सो कार्यक्रममा स्थानीय रिक्सा चालक केदार प्रसाद तिमल्सिना, संंचारकर्मी सुब्बा कार्की र दिपेश पौडेलले स्थानीय स्तरमा सहयोग गरेका थिए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.