पश्चिम नेपालको सुन्तला

पश्चिम नेपालको सुन्तला

प्रमुख नगदे बालीका रूपमा नेपाली सुन्तलाले पहिचान बनाएको धेरै अगाडि हो । ‘ब्रान्डिङ’ र ‘ग्रेडिङ’ अभावमा बजार भने आयातित सुन्तलाको कब्जामा छ । स्याङ्जा अर्जुनचौपारी २ थापाथोकका फणीनारायण अर्यालले त्यही बुझेर ‘ब्रान्डिङ’ थालेका छन् ‘पश्चिम नेपालको सुन्तला’ । अर्यालले पनि तीन दशकअघि नै थालेका हुन् सुन्तला खेती ।

विस्तार गर्दै ७० रोपनीको बगैंचा तयार पारेका छन् । यस वर्ष ३० लाख रुपैयाँ आम्दानी हुने उनी घर र सन्तानको अध्ययन खर्च कटाएर २० लाख रुपैयाँ बचत गर्ने योजनामा छन् । सुन्तलाबाटै बर्सेनि हुने आम्दानीले जेठा छोरा दिपेन्द्रले कृषि विषयमा बीएस्सी गरेका छन् । माइला बद्री एमबीबीएस र कान्छा सागर इन्जिनियरिङ पढ्दै छन् ।

पा“च छोरीहरू पनि नायब सुब्बा, प्राध्यापक र स्टाफ नर्स छन् ।  दुई वर्षअघि काठमाडौंस्थित भाटभटेनी सुपरमार्केटको सम्पर्कमा पुगे अर्याल । जिल्ला कृषि विकास कार्यालय र अस्ट्रेलियास्थित क्विन्सल्यान्ड विश्वविद्यालयले ‘प्याकेजिङ’ गर्न सहयोग गरे । त्यसपछि सुरु भयो, उनको बगैंचाकै ब्रान्डिङ । पहिलो वर्ष तीन टन खरिद गर्‌यो सुपरमार्केटले । गत वर्ष पाँच टन काठमाडौं पुर्‌याए । उक्त सुपर मार्केटका देशभरका शाखामा अहिले उनको बगैंचाका सुन्तला बिक्रीमा राख्ने गरिएको छ । त्यसका लागि ‘लेबल’समेत तयार पारिएको छ ।

जिल्लाका कृषकले उनलाई सुन्तला उत्पादक संघका अध्यक्ष बनाएका छन् । भन्छन्, ‘छोराछोरी र सुन्तलालाई बराबरी माया गर्छु ।’ यस वर्ष उनको बगानमा ६० टनभन्दा बढी फलेको छ । उत्तरतर्फ फर्केको बगानमा पहेंलपुर सुन्तला झुलेका छन् । आठदेखि एक हजार दुई सय मिटर उचाइ र उत्तर फर्केको जमिनमा राम्रो उत्पादन हुने अर्का कृषक भूमिजंग केसी बताउँछन् । पुतलीबजार १३ का उनले ५० रोपनीमा बगैंचा तयार पारेका छन् ।

सुन्तला उत्पादक बोधराज अर्यालका अनुसार गत वर्षभन्दा यस पटक २० प्रतिशतले उत्पादन बढेको छ । पुतलीबजार १३ मायाटारीका उनले पनि बर्सेनि पाँचदेखि सात लाख रुपैयाँ आम्दानी गर्छन् । पुतलीबजार १२ का मुक्तिप्रसाद अधिकारी, कृष्णप्रसाद अर्याल र रामबन्धु अर्याल, शंखपुरका केशबहादुर गुरुङ, दार्सिङ दहथुमकी तीरमाया गुरुङ, खिलुङदेउरालीका शालिकराम अर्याल, मिनप्रसाद कोइराला र गिरीधारी कोइराला, एलादीका खेम गुरुङ र ठूलाहिडीका रेग्मी जिल्लामा अगुवा सुन्तला उत्पादक

हुन् । उनीहरूको आम्दानी वार्षिक १८ लाख रुपैयाँसम्म हुन्छ । कात्तिकमा टिपिएको सुन्तलाको मूल्य प्रतिकिलो ३२, मंसिरको २६, पुसको ३० र माघको ५० रुपैयाँका दरले बिक्री हुन्छ । वरिष्ठ कृषि विकास अधिकृत तेजप्रसाद दवाडीका अनुसार यस वर्ष प्रतिकिलो २६ देखि ५० रुपैयाँसम्ममा बिक्री हुने अनुमान छ ।

स्याङ्जाको सुन्तला पोखरा, बुटवल, नारायणगढ र काठमाडौं पुग्छन् । स्याङ्जा, सेतीदोभान, हेलु, बयरघारी, वालिङ, गल्याङ, मिर्मी, नागडाँडा, राङखोला, बाडखोला आन्तरिक बजार हुन् । पुतलीबजार, वालिङ, भीरकोट, चापाकोट, दहथुम, अर्जुनचौपारी, एलादी, मनकामना, खिलुङदेउराली, ठूलाडिही, फापरथुम, बहाकोट, ओरष्टे र पौवेगौडे मुख्य पकेट क्षेत्र हुन् । चार नगरपालिका र ५३ गाविसमध्ये अधिकांश स्थानमा राम्रो उत्पादन हुन्छ । एक हजार दुई सय ७० हेक्टरमा खेती भइरहेको छ ।

बिरुवा रोपेको पाँचदेखि सात वर्षभित्रमा फल दिन थाल्छ । वर्षमा १/२ पटक गोडमेल, ओैषधि र स्याहारको आवश्यकता हुन्छ । ‘यसको खेती खासै झन्झटिलो छैन,’ किसान कृष्णप्रसाद अर्याल भन्छन् । यस वर्ष १२ दशमलव ९६ प्रतिशतले उत्पादन वृद्धि भएको कृषि विकास कार्यालयले जनाएको छ ।

गत वर्ष २६ करोड १६ लाख रुपैयाँ कृषकको हातमा परेको थियो । यस वर्ष ३५ करोड ६६ लाख ५९ हजार दुई सय रुपैयाँ भित्रिने अनुमान छ । जिल्लाको आन्तरिक खपत करिब १२ प्रतिशत छ । जिल्लाका कृषकले निकट भविष्यमै आफ्नो उत्पादनलाई चिनियाँ बजारमा पु¥याउने सपना देखेका छन् । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.