अवैध सामानसहित गाडी नियन्त्रण

अवैध सामानसहित गाडी नियन्त्रण

धनकुटाः जिल्ला प्रहरी कार्यालय धनकुटाले अवैध रुपमा जिल्ला भित्रिएका सामानसहित एउटा पिकअप गाडी नियन्त्रणमा लिएको छ ।

प्रहरीले उदयपुरको रामपुरबाट धनकुटा चौबिसे क्षेत्र लैजादै गरेको को १ च ८५८६ नम्बरको गाडी नियन्त्रणमा लिएको हो । आइतबार बिहान डाँडाबजारबाट गाडी नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

गाडीमा करिब दुई लाख मूल्य बराबरको एक सय ३६ थान अवैध ब्लाङकेट, गलैंचा र ज्याकेट रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरीक्षक प्रविणलाल श्रेष्ठले बताए ।

प्रहरीले बरामद गरेको अवैध सामान र गाडीलाई अनुसन्धानका लागि आन्तरिक राजश्व कार्यालय सुनसरीमा पठाएको छ ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.