मासुको सुकुटीमा लुकाएर चरेश तस्करी
काठमाडाै: मासुको सुकुटी भित्र लुकाएर चरेश तस्करी गर्न खोजेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हङकङ जान लागेका पर्वत डाँडाकटेराका अबिर शेर्पा मगर र कास्की घान्द्रुकका नरमान गुरुङलाई लागुऔषध नियनत्रण ब्यूरो (एनसीबी) ले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।
एनसीबीका अनुसार मगर र गुरुङले सुटकेश भित्र कपडा र धुपहरुसँगै कपडा र प्लाष्टिकका पोकामा रहेको मासुको सुकुटीमा चरेश मिसाएर लगेका थिए । मासुको सुकुटी भित्र चरेशका क्याप्सुललाई प्लाष्टिक कोडेट गरेर लुकाइएको थियो ।