विद्युत प्राधिकरण सञ्चालक समितिमा तीन सदस्य नियुक्त

विद्युत प्राधिकरण सञ्चालक समितिमा तीन सदस्य नियुक्त

काठमाडौंः सरकारले विद्युत प्राधिकरणको सञ्चालक समितिमा तीन सदस्य नियुक्त गरेको छ। लोडसेडिङ अन्त्यको अभियानमा अबरोध गर्ने प्राधिकरण सञ्चालक समितिका तीन सदस्यलाई बर्खास्त गरेसँगै ऊर्जा मन्त्रालयले तीन सदस्य नियुक्त गरेको हो। 

प्राधिकरणको सञ्चालक समितिको सदस्यमा रुकुम पूर्णिमकाँडा–६ का भक्तबहादुर पुन, बाजुरा मार्तडी–३ का चेतराज जोशी र सुर्खेत विरेन्द्रनगर–६ का उमेशप्रसाद थानीलाई नियुक्त गरेको ऊर्जा मन्त्रालयका सहप्रवक्ता गोकर्णराज पन्तले जानकारी दिए। उनका अनुसार तीनै जनालाई सोमबारदेखि लागू हुने गरी नै प्राधिकरणको सञ्चालक समितिको सदस्यमा नियुक्त गरिएको हो।

ऊर्जा मन्त्रालयको निर्देशनमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्यको अभियान सुरु गरेपछि त्यसमा अबरोध पुर्याएको भन्दै सरकारले प्राधिकरण सञ्चालक समितिका सदस्यत्रय लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई सोमबार नै बर्खास्त गरेको थियो।

ऊर्जा मन्त्रालयले सोधेको स्पष्टिकरणको जवाफ चित्तबुझ्दो नभएको र राष्ट्रहित विपरित काम गरेको ठहर गर्दै सोमबार नै बर्खास्त गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.