सकियो चाइना फेस्टिभल

सकियो चाइना फेस्टिभल

काठमाडौः होटेल याक एन्ड यतीको बल रुममा ‘ज्यासमिन फ्लावर' गीत गुञ्जियो । ज्यासमिन फुल्ने समयलाई इंगित गर्दै मानव जीवनलाई फूलसँगै तुलना गरेको यही गीतबाट चाइना महोत्सवको सुरुवात भयो । नेपाली र चिनियाँ दर्शकमाझ चिनियाँ कलाकारले संस्कृति प्रस्तुत गरे ।

सोमबारदेखि सुरु भएको चाइना फेस्टिभलको अन्तिम दिन बुधबारको सांस्कृतिक कार्यक्रमले नेपाली दर्शकलाई निकै लोभ्यायो । चिटिक्क परेका चिनियाँ कलाकारको जोसिलो प्रस्तुतिको अगाडि भाषाको समस्या छायामा पर्‍यो । संगीतको कुनै भाषा हुँदैन ।

कार्यक्रमको दोस्रो प्रस्तुति थियो, सुना बाजा । सुना बाजाले दर्शकको मन लोभ्याएपछि अर्को लोभलाग्दो प्रस्तुति थियो, कन्स्यु ओपेरा । जुन ६ सय वर्ष पुरानो संगीत हो । यो संगीत चीनको अमूर्त सांस्कृतिक सम्पदामा सूचित छ ।

‘पपेट शो' सबैभन्दा रोचक प्रदर्शनी बन्यो । कठपुतलीले ‘नेपाल चीन मित्रता' लेख्दा दुवै देशका दर्शक निकै उत्साही देखिए । कठपुतलीको रमाइलो क्रियाकलापपछि नेपाली गायक साज सिंह र चिनियाँ गायिका सियानले ‘रेसम फिरिरी' गाए ।

चिनियाँ कलाकारले आफ्नो संस्कृति त देखाए नै, नेपाली संस्कृतिको पनि केही अंश सिके । 

चिनियाँ कलाकारले आफ्नो संस्कृति त देखाए नै नेपाली संस्कृतिको पनि केही अंश सिके । सियानले गीत गाउँदा नेपाली गीतमात्र नभई संस्कृतिलाई नै टपक्क टिपेकी छन् जस्तो लाग्यो ।

कार्यक्रममा गीत संगीतसँगै जादु र कम्फुसमेत प्रस्तुत भए । हरेक दुई वर्षमा आयोजना हुने महोत्सवको यो सातौं संस्करण हो । दुवै देशका संस्कृति मन्त्रालय र नेपालका लागि चिनियाँ दूतावासको आयोजनामा भएको कार्यक्रमका लागि ५० जना चिनियाँ कलाकार नेपाल आएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.