नेपालको आग्रह विपरीत दसगजामा भारतीय गुम्बा निर्माण

नेपालको आग्रह विपरीत दसगजामा भारतीय गुम्बा निर्माण

पशुपतिनगर इलामः भारतीय पक्षले इलामको पशुपतिनगर ४ फाटक र राङवाङग्राम पञ्चायतको बीचमा रहेको दसगजा क्षेत्रमा कच्ची गुम्बा पक्की बनाउन थालेको छ ।

भारतीय पक्षले एक महिनाअघि गुम्बा निर्माणको तयारी गरेपछि नेपाली पक्षले दसगजामा निर्माण नगर्न गरेको आग्रहविपरीत बिहीबार पूजा गरेर निर्माण थालेको हो ।

निर्माण स्थल पुगेका सीमा प्रशासन कार्यालय पशुपतिनगरका प्रमुख मोहन पनेरूले १४ वटा पक्की पिलर लगाएर निर्माण गर्न लागिएको जानकारी दिए । स्थानीय अगुवा बुद्ध तामाङले पिलर लगाएर छानामा टिन लगाउने जानकारी दिएको पनेरूले बताए ।

केही समयअघि पशुपतिनगर आएको नापी विभागको टोलीले सीमा स्तम्भबाट भारततर्फको दसगजामा पर्ने क्षेत्रमा निर्माण गर्न लागेको गुम्बा ‘नोमेन्सलेन्डमै परेको' प्रतिवेदन दिएको इलामका प्रमुख जिल्ला अधिकारी जनकराज दहालले जानकारी दिए ।

विभागका प्रमुख नापी अधिकृत सुशील डंगोलले सो क्षेत्र सीमा स्तम्भबाट भारततर्फको दसगजामै परेको बताएका थिए । प्रमुख जिल्ला अधिकारी दाहालले सीमा क्षेत्रमा काम सुरु भएको जानकारी परराष्ट मन्त्रालय र गृह मन्त्रालयमा पठाइसकेको बताए । उनले भने, ‘दसगजामा अहिले भइरहेको गतिविधि अन्तर्राष्ट्रिय सीमा नियमविपरीत छ ।'

सहायक सीमा स्तम्भ ७१'७ र ७१'८ को बीचमा रहेको गुम्बा भारततर्फको दसगजामै परेको उनले बताए । अन्तर्राष्ट्रिय सीमा नियमअनुसार सो क्षेत्रमा दुवै देशले रेखदेख गर्नुपर्ने तर मानवीय क्रियाकलाप गर्न नपाइने नियम छ ।

भारतीय पक्षले चालीस वर्ष पुरानो गुम्बा मर्मत गर्ने बहानामा पक्की संरचना बनाउन लागेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । सीमा अधिकृत पनेरुले गुम्बा निर्माण समितिका अगुवा बुद्ध तामाङले भारत सरकारले नभनेसम्म काम नरोक्ने बताएको जानकारी दिए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.